Friday, June 10, 2011

तपाइँको फेसबुक अकाउन्टमा कति साथी छन्?

लन्डन- तपाइँको फेसबुक अकाउन्टमा कति साथी छन्? धेरैको सय नाघेका होलान्। अझ कसैको त हजारभन्दा बढी पनि देख्न पाइन्छ। तर अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर रबिन डन्बारले गरेको एउटा रिसर्चले देखाएको छ तपाइँको दिमागले डेढ सयभन्दा साथी थाम्नै सक्दैन।



त्यो भन्दा बढी संख्यामा साथी छन् भने ती अर्थहीन हुन्छन्। ती नाममात्रैका साथी हुन्छन्। प्रविधिले दिमागको त्यो क्षमता बढाउन सकेको छैन, डन्बार बताउँछन्।
डन्बारले विभिन्न फेसबुक अकाउन्टहरुका धेरै ट्राफिक प्याटर्नहरुमाथि घोत्लिएपछि निस्किएको निश्कर्ष हो, तपाइँका साथीहरुको संख्या जतिसुकै होस्, सक्रिय कुराकानी १५० जनाको घेरामा नै घुमिरहेको हुन्छ। वर्षमा एक पटक पनि कुराकानी नहुने र अरु व्यक्तिसित सम्बन्धित कुराकानी नहुने स्थितिलाई उनले सक्रिय कुराकानीको घेराबाहिर राखेका छन्।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।