Tuesday, June 7, 2011

कालगतिले पतिपत्निको एकैदिन मृत्यु,,,,,,,

लक्ष्मि शाह...
चित्र काल्पनिक हो
निजगढ, जेष्ठ २३ - स्वर्गवास हुनु प्रकृतिको स्वभाविक देन भएपनि पती-पत्नी सँगै स्वर्गवास भएको घटना प्रायः हेर्न/सुन्न पाईदैनन् ।
पाए पनि दुर्घटना, प्राकृतिक प्रकोपमा मात्र हेर्न सुन्न पाइन्छ । कालगतिले प्रायः सुन्न पाईदैन् । तर सुन्नु त के सोमवार यहाँ एक दम्पत्तिको कालगतिले नै देहान्त भएको हेर्दा सबै स्तब्ध भए । पति - पत्नी एकैचोटि देहान्त होस् भन्ने धेरै दम्पत्तिले चाहना राख्छन् । यो चाहना विरलैको पुरा हुन्छ ।
तर संयोगले हो कि चाहना पुरा भएर हो, ती वयोवृद्ध दम्पत्तिको सोमवार यस्तै भएको छ । बाराको कलैया नगरपालिका १२ का ६० वर्षीय पति आवास अंसारी र ५५ वर्षीया पत्नी आमना खातुनको एकै दिन डेढ घण्टाको अवधिमा देहान्त भएको हो । यस्तो अचम्मको नौलो घटनाले गाउँमा सबै स्तब्ध भए । उनीहरुका ३ छोरा र ४ छोरी छन् ।


'सुरुमा आमा विरामी परेर थला पर्नु भो, पछि आमाको अवस्था हेरेर बुवा पनि चिन्ताले विरामी परी थला पर्नु भो, जाँदाजाँदै बुवा आमा एकै चोटी स्र्वगवास हुनु भो' आवासका छोरा साजाद अंसारीले भने । उनकी आमा क्यान्सरबाट लामो समयदेखि थला परेकी थिईन् । पत्नीको विहान सवा चार बजे घरमै निधन भयो भने पत्नीको विरामीको अवस्था हेरेर चिन्ताले थला परेका पती आवासको वीरगंजको मेडिकल अस्पतालमा साढे ५ बजे निधन भयो । निधनदुबैको एकै चोटीको निधन भएपछि उनीहरुको मलामी जानेहरुको ठुलो लर्को देखिन्थ्यो । हजारौं सहभागीको मुखबाट एउटै आवाज सुनिन्थ्यो भगवानले यसैगरी सबैको देहान्त गराऊन् । 'घटना नौलो भएपनि उनीहरु अललाहको घरमा राम्रो गरेकाले संयोले दुबैको एकै साथ निधन भयो' मौलाना अब्दुल रहमान मदनीले भने ।
'यो निधनले दम्पत्ति बीचको अटुट प्रेम रहेको सावित गरेको छ' सोही गाउँका महम्मद सफिक अंसारीले भने ।
प्रकाशित मिति: २०६८ जेष्ठ २३ ०८:३२ कान्तिपुर दैनिक

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।