Monday, September 26, 2011

तपाइ फेशबुकको पुरानो पेजमा नै हुनुहुन्छ ? अब नया पेज बनिसक्यो त ल अहिले नै परिबर्तन गरिहाल्नुस,,,,


फेसबुकले भर्खरै आफ्नो अनुहार पूर्ण रूपमा परिवर्तन गर्ने काम सुरु गरेको छ । सामाजिक सञ्जालको भिडमा करिब करिब नम्बर एक नै रहेको फेसबुकलाई केही समय अगि रिलिज भएको गुगलप्लस र अन्य पुराना साइटहरूको पनि चुनौती दह्रै छ। ईन्टरनेटको खुल्ला आकाशमा आफूलाई अरूभन्दा भिन्नै र बढि उपयोगी बनाउने होडमा प्राय: सबैजसो सामाजिक सञ्जाल लागेका छन् र यसैको निरन्तरता स्वरूप फेसबुकले पनि आफ्नो पुरै ईन्टरफेस परिवर्तन गर्दैछ ।



केही सिमित प्रयोगकर्ता र डेभलपरहरू बीच मात्रै सार्बजनिक गरिएको यो नयाँ ईनट्रफेस र टाइमलाईन केही समय पछि सबैकोमा सार्वजनिक हुनेनै छ । तर यदि तपाईँ लाई हत्तर छ वा छिट्टै यो नयाँ इन्टरफेसको प्रयोग गर्न र यसबारे अभ्यस्त हुन चाहनुहुन्छ भने एउटा सजिलो तरिका अपनाएर तपाईँ तुरुन्तै यो नयाँ ईन्टरफेस चलाउन सक्नुहुन्छ।
तपाईलाई तुरुन्तै फेसबुकको यो नयाँ टाइमलाईन चलाउन चाहनु हुन्छ ? । हो भने यसो गर्नुस:
१) फेसबुकमा लगइन भएको बेलामा https://developers.facebook.com/apps मा जानुस वा फेसबुकको Search ma “Developer” टाइप गरेर चित्रमा देखिएको जस्तै पहिलो आइकनमा क्लिक गर्नुस् ।
Facebook Timeline
पहिलो प्रयोगमा तपाईँले Developer लाई आफ्नो फेसबुकको डाटा वा सूचना access गर्ने अनुमति दिनु पर्ने हुन्छ । यस अबस्थामा खुल्ने पेजमा "Allow" गरेर अर्को स्टेपमा जानुस।
२) अब खुल्ने पेजको दायाँपट्टि माथि भएको + Create New App मा क्लिक गर्नुस।
2
३) अब "New App" भन्ने नयाँ पेज बक्स खुल्ने छ । यसमा रहेको App Display Name मा कुनै नाम राख्नुस। App Namespace मा पनि त्यस्तै कुनै नाम दिनुहोस । याद गर्नुस यो App Namespace मा भने स्पेस र स्पेसल क्यारेक्टर आदि राख्न मिल्दैन र कुनै पनि ईमेल ठेगाना जस्तै यो दोहोरिनु पनि हुँदैन् । हामी अहिले कुनै एप्लिकेसन बनाउन नलागेकोले यहा स्पेस रहित कुनैपनि अक्षर समूह राख्दा हुन्छ ।
3
तपाईले टाइप गरेको नाम कसैले लिइ सकेको भए त्यो स्विकारीदेँन र तपाईले अरू कुनै नाम राखेर दयाँपट्टी "Available" देखेपछि मात्रै "I Agree to the Platform Privacy Policy" मा चेकमार्क लगाएर "Continue" मा क्लिक गर्नुस ।
5"Security Check" का लागि काप्चा आदि आएमा त्यसमा भएका अक्षर टाइप गरेर अगाडि बढ्नुस ।
४) अब खुल्ने पेजको वायाँपट्टी भएको "Facebook DEVELOPERS" भन्दा मुनि रहेको "Open Graph" मा क्लिक गर्नुस । (बायाँपट्टिको चित्रमा हेर्नुस) ।
याद गर्नुस यो, यो भन्दा अगाडिका र पछाडि खुल्ने पेजमा पनि धेरै थरिका अप्सन, ट्याब र सूचना आदि हुनेछन् । तर हामी कुनै एप्लिकेसन बनाउन हैन केबल फेसबुकको नयाँ इन्टरफेस सक्रिय गराउन मात्रै यो प्रोसेसमा लागेकोले ती ट्याब, लिन्क वा अनुप्रयोगलाई हामीले ध्यान दिनु जरूरी छैन् ।

५) माथि भने जस्तै हामी केवल फेसबुक Timeline सक्रिय गर्ने प्रयोजनको लागि लागेकोले अब खुल्ने पेजको "People can" र "a" भन्दा पछाडिको भागमा कुनै शब्द राख्नुस र "Get Started" मा क्लिक गर्नुस। तलको चित्र हेर्नुस:
8
बस, तपाईको प्रोसेस सकियो । अब अर्को पेज वा ट्याबमा आफ्नो फेसबुक प्रोफाइल खोल्नुस। त्यहाँ तपाईँले "Introducing Timeline- a New Kind of Profile" भन्ने तलको चित्रको जस्तै सूचना देख्नु हुनेछ । त्यसमा भएको "Get It Now" मा क्लिक गर्नुस र फेसबुकको नयाँ टाईमलाइन प्रयोग गर्न सुरु गर्नुस


जानकारिको स्रोत दिलिप अचार्य

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।