Sunday, April 22, 2012

आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन।

 




दुई महिनापछि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा माइसंसार चलाउन खोज्दा केही पनि नदेखिन सक्छ। माइसंसारमात्रै हैन, तपाईँको कम्प्युटरमा कुनै पनि साइट नखुल्ने स्थिति आउन सक्छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले अहिले यस्तै चेतावनी दिइरहेको छ। यदि तपाईँ प्रभावित हुनुहुन्छ र एफबीआइले भने सरह गर्नुभएन भने आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। यस्तो स्थितिबाट कसरी बच्ने त ? एफबीआइले अहिले केही उपायहरु बताइरहेको छ। अहिले नै केही क्लिक गर्नुभयो भने तपाईँ त्यो स्थितिबाट बच्न सक्नुहुनेछ।
यदि गर्नुभएन भने ?
केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ।

तपाईँले थाहै नपाईँ अन्तर्राष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरलाई संक्रमित बनाइसकेका छन्। त्यसमध्ये एउटा कम्प्युटर तपाईँको पनि हुनसक्छ। एफबीआइले केही महिना अघि अमेरिकाको सरकारी कम्प्युटरहरुलाई बचाउन एउटा सुरक्षा जालो बनाएको थियो। अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ।
एफबीआइले अहिले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट www.dcwg.org मा गएर तपाईँको कम्प्युटर संक्रमित हो कि हैन हेर्न आह्वान गरिरहेको छ। यदि संक्रमित हो भने त्यहीँ यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको छ।
मैले त्यो साइटको http://www.dns-ok.us/ मा क्लिक गरी हेर्दा मेरो कम्प्युटरमा हरियो चिह्न देखायो

यसको मतलब मेरो कम्प्युटर संक्रमित छैन। यदि यस्तो खालको रातो देखिएको भए तपाईँको कम्प्युटर संक्रमित हुन्थ्यो र तपाईँले जुलाई ९ पछि इन्टरनेट चलाउन सक्नुहुन्न।

हरियो आए त केही गर्न परेन। रातो आयो भने नि ? धन्दा नमान्नुस्, यो साइटमा क्लिक गरी http://www.dcwg.org/fix/ तपाईँले निःशुल्क टुल डाउनलोड गरी बनाउन सक्नुहुन्छ।
ह्याकरहरुले विश्वभरका ५ लाख ७० हजारभन्दा बढी कम्प्युटरलाई आफ्नो नियन्त्रणमा लिएका थिए। माइक्रोसफ्ट विन्डोजको अपरेटिङ सिस्टममा भएको कमजोरीको फाइदा उठाउँदै उनीहरुले ती कम्प्युटरहरुमा विभिन्न सफ्टवेयरहरु इन्सटल गरेका थिए। यसले एन्टिभाइरस अपडेट अफ मात्र गरेन, इन्टरनेटको डीएनएसलाई समेत बिगारिदिने काम गर्‍यो।
अमेरिकामा सबैभन्दा बढी ८५ हजार कम्प्युटर यसबाट प्रभावित भएको भनिएको छ। २० हजारभन्दा बढी कम्प्युटर प्रभावित भएका देशहरुमा इटाली, भारत, इंगल्यान्ड र जर्मनी छन्। त्यसैगरी स्पेन, फ्रान्स, क्यानाडा, चीन र मेक्सिकोका कम्प्युटर पनि प्रभावित भनिएको छ। प्रभावित कम्प्युटरहरुको हिट इन्डेक्स म्यापमा नेपाल पनि छ जस्तो देखिन्छ।
[तपाईँले जाँची हेर्दा रातो देखायो कि हरियो, तल कमेन्टमा लेख्नुहोला ल !]
थप जानकारीका लागि
http://www.fbi.gov/news/stories/2011/november/malware_110911
http://www.sfgate.com/cgi-bin/article.cgi?f=/n/a/2012/04/20/national/w110653D95.DTL

mysansar बाट






Listen Live




hamrofm live Click Here
                               
  If you not listening  कालिन्चोक एफएम पेजClick Here


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।