Wednesday, May 2, 2012

काठमाण्डैा उपत्यकालाई युरोपको सहर जस्तै बनाउने,,,,,,

१. सडकमा ८ हजार सौर्यबत्ती २. प्रेम र मनोरञ्जन पार्क ३. सडक विस्तारमा भत्कने घरलाई पछाडिका घरद्वारा मुआब्जा दिलाउने नीति ४. १३ रोपनी क्षेत्रफलको पौडी पोखरी ५. पेट्रोल पम्प रिङरोडबाहिर मात्र ६. हावाबाट २० मेगावाट बिजुली उत्पादन

काठमाडौ, वैशाख २० - काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले मुअब्जा दिएर सहरी विकासको काम विस्तार गर्ने बताएका छन् । कसैलाई विस्थापित गरेर र समस्यामा पारेर नभई सबैको चित्त बुझाएर विकास गतिविधि चलाउने उनले प्रतिबद्धता जनाएका छन् । उनको प्रतिबद्धताको पहिलो चरणमा सडकमा ८ हजार सौर्य बत्ती र प्रेमी-प्रेमिकाका लागि घुम्ने तथा मनोरञ्जन गर्ने पार्क निर्माण परेका छन् ।

'अब सडक विस्तार गर्दा कसैले पनि विस्थापित हुनु पर्दैन,' आयुक्तको पदबहालीपछि पहिलोपल्ट आयोजित पत्रकार सम्मेलनमा मंगलबार उनले भने, 'सहरवासीलाई न्याय दिन आयुक्त भएको हुँ । जुनसुकै ठाउँको सडक विस्तार गर्दा पनि मुआब्जा हुनेछ ।' अगाडि घर हटाउँदा पछाडिका घरवालाले मुअब्जा दिनुपर्ने गरी कार्यक्रम ल्याउने उनले जनाए । उनको तर्क थियो, 'सडक विस्तार हुँदा पछाडिको घरको मूल्यांकन पनि त बढ्छ । त्यसअनुसार उसले मुअब्जाका लागि सघाउनुपर्छ ।' त्यसका लागि दाता र सरकारबाट पैसा नलिई जनताकै सहयोगमा आर्थिक संकलन गरिने बताए । नियुक्तिलगत्तै आफूले उपत्यका नगर विकास समितिलाई सडक विस्तार गर्न लिखित पत्र पठाएको जानकारी दिए । खारेज भएको काठमाडौं उपत्यका नगर विकास समितिको नामकरण जिल्ला आयुक्तको कार्यालय गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष राख्नेसमेत उनले बताए । 'तीनै जिल्लामा आयुक्त कार्यालय
रहन्छ,' उनले भने, 'केन्द्रीय कार्यालयका लागि त्रिपुरेश्वरमा जग्गा
बाँकि हेर्न यहाँ क्लिक गरैां


र भवन पनि हेरिसकेका छौं । कानुनी बाधा अड्चन भएकाले ढिला भएको हो, चाँडै निर्णय हुन्छ ।' लाखौं नागरिकले दैनिक प्रयोग गर्ने सडकमा बत्ती नभएको भन्दै उनले वर्षदिनभित्र आठ हजार सौर्यबत्ती बाल्ने बताए । त्यसबाहेक सहरमा घटो पार्क र हरियाली बढाउने उनको योजना छ । विशेष गरी प्रेम र मनोरञ्जको स्थान अभाव पूर्ति गर्न उनले पहल गर्नेछन् । 'मायालु जोडी घुम्ने कहीँ त्यस्तो पार्क छैन, जहाँ उनीहरूले राष्ट्र र आफ्नो भविष्यबारे सोच्न सकून्, अब त्यस्तै पार्क म बनाउँछु,' उनले भने । 'धेरै मानिसले मलाई हावादारी गफ गर्छ भन्छन्, अब पाँच वर्षभित्र हेर्नुहोस्, त्यस्तो भन्नेलाई दरो जवाफ दिन्छु,' उनले भने, 'सरकारले दिएको जिम्मेवारी र चुनौती पूरा गर्नेछु ।' उपत्यकालाई युरोपको सहर जस्तै बनाउने दाबी गर्दै त्यसका लागि राजनीतिक सहयोग जरुरी रहेको उनले बताए । उनले अबको पाँच वर्ष कुनै दलको कार्यकर्ता भएर नहिँड्ने बताए । भने, 'म एमालेको साधारण सदस्य हुँ, कुनै पनि कार्यक्रममा सहभागी हुन्न । पाँच वर्षसम्म उपत्यकाको विकास मात्र सोच्नेछु ।' गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको करिब तेह्र सय रोपनी जग्गामा पौडी पोखरी बनाउने योजना पनि उनले सुनाए । चक्रपथभित्र रहेका इन्धन पम्पले सहरलाई जति बेला पनि खतरापूर्ण भएकाले रिङरोड बाहिर व्यवस्थित गर्ने तथा थानकोट, सतंुगल लगायत क्षेत्रमा हावाबाट करिब २० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले सुनाए । कान्तिपुरबाट


Listen Live



hamrofm live Click Here    
  If you not listening  कालिन्चोक एफएम पेजClick Here


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।