Sunday, May 20, 2012

फेसबुक संस्थापक मार्क जुकरबर्गले बिहे गरे

काठमाडौँ, जेठ ७ (नागरिक)- फेसबुक संस्थापक मार्क जुकरबर्गले बिहे गरेको खबर विश्वका प्रमुख सञ्चार माध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरिरहेका छन्।
मार्क र प्रिसिलाको फाइल फोटो। तस्बिरः एपी
उनले क्यालिफोर्नियास्थित आफ्नै पाओ आल्टोको घरमा आफ्नी पहिलेदेखिकै गर्लफ्रेन्ड २७ वर्षीया प्रिस्सिला चानसित बिहे गरेका हुन्। जुकरबर्ग उनीभन्दा एक वर्षले जेठा हुन्।


बिहेमा जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएको बीबीसीले जनाएको छ।

दुवैको भेट नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भएको थियो। त्यतिबेला जुकरबर्गले फेसबुक भर्खरै सुरु गरेका थिए।

बिहेपछि फेसबुकले जारी गरेको फोटो।

नागरिक न्युजबाट

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।