
काठमाडौ, जेठ २२ । २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरी नेपालका अनिल गौतमले हेलिकोप्टर बनाएका छन् । त्रिलोक एयर नाम दिइएको हेलिकोप्टरमा चालकसहित ३ जना बस्न मिल्ने बताईएको छ ।बुटवल घर भई काठमाडौंको नीलोपुलमा फर्निचर उद्योग संञ्चालन गर्दै आएका २६ बर्षका गौतमले १८ महिनाको अथक प्रयासमा हेलिकोप्टर बनाएको प्रतिकृया दिएकाछन् ।
४ कक्षा मात्रै औपचारीक शिक्षा लिएका गौतले हेलिकप्टर बनाउन झण्डै ३० लाख रुपैया खर्चेको जनाईएको छ। उनले अनुमति पाए हेलिकोप्टर उडाउन तयार भएको बताएकाछन् ।
गौतले आफुजस्तो नयाँ काम गर्न चाहने युवालाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

No comments:
Post a Comment