Monday, July 30, 2012

मानिसको छाला यतिधेरै लचिलो छ की जुन चुइगम जस्तै ,,, फोटो भिडियो हेरैां


के तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा लचिलो छाला भएको मान्छे को हो ? थाहा नहुनसक्छ । छैन भने अब थाहा पाउनुहुन्छ । बेलायतका ग्यारी टर्नर नामका व्यक्ति विश्वमा सबैभन्दा लचिलो छाला भएका मान्छे हुन् । उनको छाला यतिधेरै लचिलो छ की जुन चुइगम जस्तै बटार्न सकिन्छ ।
यद्यपि यी मान्छेलाई गिनिज बुकमा अहिलेसम्म स्थान मिलिसकेको छैन, तथापि उनले विश्वमा आफु सबैभन्दा लचिलो छाला भएको मान्छे दाबी गर्दै गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेका छन् । ग्यारीका अनुसार उनको पेटको छाला समेत यतिधेरै लचिलो छ की उनले उक्त छालालाई तानेर टेबलको रुपमा प्रयोग गर्न सक्छन् । साथै त्यसरी तानिएको छालाको टेबलमा उनले एकैपटकमा तिनवटा सम्म बियरका बोतल राख्न सक्छन् ।
उनको घाँटीको छाला समेत निकै बाहिरसम्म तन्काउन सकिन्छ र चिउडोको छालालाई नाक समेत छोप्ने गरी रुमालको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो अद्भुत क्षमतायुक्त छाला हुनु आफैमा गौरवको विषय हो । तरपनि यो कुनै व्यायाम वा अरु उपचारका कारण भएको भने होइन । यो त एक अनौठो वंशाणुगत रोगका कारण भएको हो ।
४१ वर्षीय ग्यारी एहलर्स डेन्लोस सिन्ड्रोम नामको रोगबाट पीडित छन् । स्मरण रहोस् यो असाधारण जेनेटिक विकृतिका कारण मानिसको छाला निकै कमजोर हुनुका साथै लचिलो पनि हुन्छ । विश्वमा हरेक १० हजारमा एक जना मानिसलाई यस्तो समस्या हुने विज्ञहरु बताउँछन् ।











No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।