६ जुलाई काठमाडौं । लामखुट्ट मार्ने धुप बाल्दा उत्पन्न ग्यासले ५१ खिल्ली चुरोटवाट निष्कने बिषालु ग्यास बराबर हुने एक बैज्ञानिक अध्ययनले देखाएको छ । उक्त धुपबाट नशालु ग्यास र ‘कार्बोनाईल कम्पाउण्ड (एकप्रकारको विषालु ग्यास) निष्कने देखाएको छ ।
धुवाँमा अत्यन्तै साना धुलोका कर्णहरु निष्कन्छन्, जुन मानव स्वास्थ्यका लागि तथा वाहिरी वातावरणका लागि पनि अत्यन्तै हानीकारक हुने उक्त अनुसन्धानबाट खुलेकोे छ । अनुसन्धानमा संलग्न चिकित्सक बरिष्ठ बैज्ञानिक अधिकृत डा. कान्ति श्रेष्ठले ति मसिना धुलाका कणले लम रोग समेत पैदा गर्ने भएकाले प्रयोग गर्दा सचेत रहनपनि आग्रह गनुभएको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाले पनि घरेलु विषादीका कारण बालबालिका, सुत्केरी महिला र बृद्धबृद्धाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो ।tokyonepal.com
No comments:
Post a Comment