Wednesday, August 1, 2012

दुई बर्ष देखि फरार युनिटीका अध्यक्ष काशी गुरुङ पक्राउ video news





काठमाडौँ,  साउन १७ । गैरकानूनी गतिविधि गरेर चार अर्ब रकम ठगी गरेको अभियोगमा प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोज्दै गरेका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष प्रसाद भनेर चिनिने काशीराम गुरुङ पक्राउ परेका छन्।  युनिटी नेटवर्किङ व्यवसाय मार्फत ६ अर्ब भन्दा बढी रकम ठगी गरेर फरार रहेका गुरुङलाई प्रहरीले इलामको पशुपतिनगरबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठले प्रहरी निरीक्षक अवधेश विष्टको कमान्डमा प्रहरी टोली हिजो पठाएका थिए। विष्ट नेतृत्वको टोलीले हिजो बेलुकी इलामको पशुपतिनगर आसपासबाट पक्रेको हो।
गुरुङलाई हत्कडी लगाई भद्रपुरसम्म स्थलमार्गबाट र त्यहाँबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याइएको हो।  लामो समयदेखि उनी भारतको सिक्किमस्थित आफन्तहरुकहाँ लुकेर बसेका थिए। सिक्किममै रहेको अवस्थामा उनले केही नेपाली टेलिभिजन च्यानलहरुलाई अन्तर्वार्ता दिँदै सशस्त्र संघर्षको चेतावनी दिएका थिए।
प्रहरीले यसअघि यूनिटीका संचालकहरु मध्ये ३९ जनालाई पक्राउ गरिसकेको छ । गैरकानूनी रुपमा संचालित युनिटीले डिर्पाटमेन्ट स्टोरदेखि अस्पताल समेत संचालन गरेको थियो । गुरुङसहित युनिटीका केही सञ्चालकलाई प्रहरीले २ वर्षअघि देखि मोष्टवान्डेडको सुचीमा राखी खोजीगर्दै आइरहेको थियो ।  nayakhaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।