१८ मंसिर, काठमाण्डौ । नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
केहीवेरअघि भएको अवार्ड वितरण कार्यक्रममा पुष्पाले अन्य ९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले भने २ लाख ५० हजार अमेरीकी डलरको पाएकी छिन् । अमेरिकी टिभी च्यानल सीएनएनले हरेक बर्ष बिश्वभरका उत्कृष्ट समाजसेवीलाई सीएनएन हिरोज अवार्ड प्रदान गर्दछ ।मनोनयनमा परेका दश जनाले उनीहरुको सामाजिक अभियानलाई निरन्तरता दिन ५० हजार अमेरीकी डलर सहयोग पाएका छन् । सिएनएन हिरोजको विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्याएकी नेपालकै अनुराधा कोईरालाले यही उपाधि जितेकी थिइन ।
see video
online khaber बाट
No comments:
Post a Comment