Friday, December 28, 2012

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो (फोटो सहित)


कलेन्द्र सेजुवाल, सुर्खेत, पुस १३ - गुमीबाट वीरेन्द्रनगर आउँदै गरेको बस आज बिहान धुलियाबिट-भेडावारी सडकको दशरथपुरस्थित गमखोलामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ घाइते भएका छन्। मध्यपश्चिम यातायातको ना२ख ५७४१ नम्बरको बस बिहान करिब सवा आठ बजे सडकदेखि ५० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन सैनिकको मृत्यु भएको छ।घटनास्थलमा मान्छेको भीड


भीमदल गणमा कार्यरत चितवन भरतपुरका रामबहादुर रानाभाट, चण्डीप्रसाद गणमा कार्यरत सुर्खेत गुमीका गजेन्द्र गुरुङ र कालीदल गणमा कार्यरत सुर्खेत दशरथपुरका मानबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले जानकारी दिए।
आफन्त गुमाएपछिको पीडा
अन्य मृतकमा सुर्खेत दशरथपुरका ममता खड्का, दीपा ढकाल, कुमार पौडेल, गुमीका केशर श्रीषमगर र उनका १२ वर्षीय छोरा प्रज्वल, साटाखानीका यमन मिदुन, कल्याणका चन्द्रकला रावत, दैलेख चौराठाका पूर्वलडाकू टंकराज बिक र लेखफर्साकी वुद्धिकला फौजा, अजित सुनार र बसचालक ललित भण्डारी छन्। मृतकमध्ये एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
मृतक आफन्तको खुट्टा समातेर रुँदै एक वृद्धा
१३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बसचालक भण्डारीको कोहलपुरस्थित शिक्षण अस्पताल र फौजाको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी घिमिरेले बताए।
खोलामा खसेको बस
घटनाको कारण खुल्न सकेको छैन। विपरित दिशाबाट आइरहेको सवारीलाई जोगाउन खोज्दा खसेको हुनसक्ने अनुमान प्रहरीले गरे पनि त्यसको पुष्टि नभएको घटनास्थल पुगेका सुर्खेतका प्रहरीप्रमुख एसपी विश्वनिरञ्जन प्रधानले बताए।
मृतकको पहिचानमा नेपाली सेना
तस्बिर : कलेन्द्र सेजुवाल/नागरिक  (copy from nagarik  news  )

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।