मेमोरी कार्ड तथा पेनड्राइभजस्ता सजिला स्टोरेज डिभाइसहरूका कारण सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम भैरहेको छ, तर पनि सिडीलाई कुनै पनि डाटा संग्रह गरेर सुरक्षित राख्ने भरपर्दो साधनका रूपमा लिइन्छ। मूल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा राखिएका डाटा तबसम्म सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ, तर जब सिडी स्क्य्राच हुन्छ त्यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने सम्भावना हुन्छ। यद्यपि सिडी धेरै बिगि्रसकेको छैन भने अलि-अलि स्क्य्राच हुँदैमा डराउनुपर्दैन। यसका लागि निम्न उपाय अपनाउनुपर्छः
सबैभन्दा पहिले स्क्य्राच भएको सिडीलाई साबुन-पानीले राम्रोसँग सफा गर्ने ताकि त्यसमा लागेको सबै धुलोमैलो पखालियोस्।
त्यसपछि सफा नरम कपडाले सिडीलाई बिस्तारै पुछ्ने।
अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेस्ट लगाउने। टुथपेस्टको लेपन सिडीको सबै भागमा पुग्नुपर्छ।
टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै छाड्ने।
त्यसपछि धारामा लगेर सिडीलाई राम्रोसँग पखाल्ने, यसरी पखाल्दा सिडीमा लगाइएको सबै टुथपेस्ट पखालिनुपर्छ।
यसो गर्दा सिडीको स्क्य्राच हट्छ र सिडीलाई फेरि पहिलेकै अवस्थामा प्रयोग गर्न सकिन्छ। ,,,कान्तिपुर,,,,
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तारादेवी बस्नेत दोलखा, जेठ १३ – भूकम्पपीडितका आवास निर्माणको लागि सहयोग गर्न खटिएका इन्जिनियरहरु २०७२ बैशाख २८ गतेदेखि गाउँमा छन् । दोलखा...
-
दोलखाको सेरोफेरो, चैत्र ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि...
-
अति प्रभावित वर्ग 'क' को फारम प्रभावित बर्ग 'ख' को फारम न्यून प्रभावित बर्ग 'ग' को फारम उक्त आआफ्नो वर...
-
भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्ष...
-
चरिकोट- भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सेनाको एक टोली दोलखा आउने भएको छ । नेपाली सेनाको रणभीम गण चरिकोटका अनुसार सुन्...
No comments:
Post a Comment