Monday, December 17, 2012

स्क्य्राच सिडी सजिलै कसरि अ्राफैले बनाउने ,,,,,?

मेमोरी कार्ड तथा पेनड्राइभजस्ता सजिला स्टोरेज डिभाइसहरूका कारण सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम भैरहेको छ, तर पनि सिडीलाई कुनै पनि डाटा संग्रह गरेर सुरक्षित राख्ने भरपर्दो साधनका रूपमा लिइन्छ। मूल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा राखिएका डाटा तबसम्म सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ, तर जब सिडी स्क्य्राच हुन्छ त्यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने सम्भावना हुन्छ। यद्यपि सिडी धेरै बिगि्रसकेको छैन भने अलि-अलि स्क्य्राच हुँदैमा डराउनुपर्दैन। यसका लागि निम्न उपाय अपनाउनुपर्छः सबैभन्दा पहिले स्क्य्राच भएको सिडीलाई साबुन-पानीले राम्रोसँग सफा गर्ने ताकि त्यसमा लागेको सबै धुलोमैलो पखालियोस्। त्यसपछि सफा नरम कपडाले सिडीलाई बिस्तारै पुछ्ने। अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेस्ट लगाउने। टुथपेस्टको लेपन सिडीको सबै भागमा पुग्नुपर्छ। टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै छाड्ने। त्यसपछि धारामा लगेर सिडीलाई राम्रोसँग पखाल्ने, यसरी पखाल्दा सिडीमा लगाइएको सबै टुथपेस्ट पखालिनुपर्छ। यसो गर्दा सिडीको स्क्य्राच हट्छ र सिडीलाई फेरि पहिलेकै अवस्थामा प्रयोग गर्न सकिन्छ। ,,,कान्तिपुर,,,,

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।