– अवैध ब्यान्डविथ वितरण, आयकर, भ्याट, रोयल्टी, ग्रामीण दूरसञ्चार सेवा शुल्क छली तथा हुन्डीमार्फत रकम विदेश पठाएको आरोप
– सम्पत्ति शुद्धीकरणको आशंकामा एक वर्षदेखि छानबिन जारी
काठमाडौं, ४ पुस - नेपालको दोस्रो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन प्रालिको प्रधान कार्यालयसहित देशभरका ११ शाखामा छापा मारी राजस्व अनुसन्धान विभागले कागजात नियन्त्रणमा लिएको छ । विदेशबाट भिœयाएको इन्टरनेट ब्यान्डविथ अवैध रूपमा वितरण गरेको, राजस्व छलेको, स्वीकृति नलिएरै शाखा विस्तार गरेको लगायतका आरोप वल्र्डलिंकमाथि छन् ।
विभागले बुधबार काठमाडौंको न्युरोड, विराटनगर, लहान, जनकपुर, हेटौंडा, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र ललितपुरमा एकैपटक छापा मारेको हो । छानबिनका लागि भन्दै विभागले कम्पनीको रजिस्टर, ग्राहक सेवाको बिल, भौचर, भर्पाई, कम्प्युटर, ल्यापटप र सर्भरमा रहेको डाटासमेत नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ४ पुस - नेपालको दोस्रो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन प्रालिको प्रधान कार्यालयसहित देशभरका ११ शाखामा छापा मारी राजस्व अनुसन्धान विभागले कागजात नियन्त्रणमा लिएको छ । विदेशबाट भिœयाएको इन्टरनेट ब्यान्डविथ अवैध रूपमा वितरण गरेको, राजस्व छलेको, स्वीकृति नलिएरै शाखा विस्तार गरेको लगायतका आरोप वल्र्डलिंकमाथि छन् ।विभागले बुधबार काठमाडौंको न्युरोड, विराटनगर, लहान, जनकपुर, हेटौंडा, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र ललितपुरमा एकैपटक छापा मारेको हो । छानबिनका लागि भन्दै विभागले कम्पनीको रजिस्टर, ग्राहक सेवाको बिल, भौचर, भर्पाई, कम्प्युटर, ल्यापटप र सर्भरमा रहेको डाटासमेत नियन्त्रणमा लिएको छ ।
कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिएरै भ्रातृ कम्पनी खडा गरी तिनीहरूलाई इमेल, इन्टरनेट र वेबसाइटको डोमेन वितरण गरेको आशंकामा छापा मारिएको विभागका महानिर्देशक जन्मजय रेग्मीले बताए । “कम्पनीले ब्यान्डविथको अवैध वितरण र खपतबाट अवैध रकम आर्जन गरी हुन्डीमार्फत बाहिर पठाएको र अवैध सम्पत्ति जम्मा गरेको सूचनाका आधारमा कागजात जफत गरेका हौं,” उनले भने ।
विभागका अनुसार कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, ग्रामीण दूरसञ्चार सेवा शुल्क र रोयल्टीसमेत छलेको छ । कम्पनी मनोज अग्रवाल, दिलीप अग्रवाल र विजयकुमार जलानको नाममा रहेको विभागले जनाएको छ । कम्पनीका अध्यक्ष दिलीप हुन् ।
विभाग निर्देशक भरतराज सुवेदीको नेतृत्व र क्षेत्रीय प्रमुखहरूको संलग्नतामा देशभर छापा मारिएको हो । राजस्व अनुसन्धान सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो । कम्पनीको व्यवसायमा कुनै असर नपर्ने गरी कागजात जफत गरिएको रेग्मीले बताए ।
छापा मार्नुअघि उजुरी र सुराकीमाथि विस्तृत अध्ययन गरिएको जानकारी उनले दिए । विभागले कम्पनीका सञ्चालकलाई आउँदो शुक्रबार सोधपुछका लागि बोलाएको छ ।
कम्पनीले अवैध रूपमा सम्पत्ति आर्जन गरेको र तिनको स्रोत नखुलेको सूचनाका आधारमा एक वर्षदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अनुसन्धान चलिरहेको छ । भ्वाइसओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मार्फत कल बाइपास गरेको आरोपमा प्रहरीले एक वर्षअघि वल्र्डलिंकमा छापा मारेको थियो । प्रहरीले उक्त मुद्दालाई थप अनुसन्धानका लागि विभाग पठाएको हो । विभागले अनुसन्धान जारी रहेको जनाएको छ ।
नेपालमा इन्टरनेट क्षेत्रतर्फ ‘पायोनियर’ मानिने बल्र्डलिंक लाइसेन्स लिने दोस्रो सेवाप्रदायक हो । उसले नेपालका ५८ जिल्लामा इन्टरनेट सेवा विस्तार गरिसकेको छ भने बाँकी जिल्लामा विस्तार प्रक्रिया जारी छ । कम्पनीले सेवा सुरु गरेको यो अठारौं वर्ष हो । उसको चुक्ता पुँजी ६ करोड रुपैयाँभन्दा धेरै छ । ५.२ गिगाहर्जमा सेवा दिने वल्र्डलिंकले नै ब्रोडब्यान्ड इन्टरनेट भिœयाएको हो ।
No comments:
Post a Comment