माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको इतिहास अस्ट्रियन नागरिक डाक्टर कृश्चियन चाउलरसँग जोडिएको छ: नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तमाङ
दोलखाको लामाबगर गाविसमा सञ्चालन भैरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अहिले आमनेपालीको गौरवको विषय भएको छ। यो आयोजना नेपालीको लगानीमा निर्माण भैरहेको छ, यो आयोजनामा नेपालीको सीप छ, यो आयोजना अहिलेसम्मको सबैभन्दा ठूलो तथा सस्तो आयोजना हो र यो आयोजना निर्माण सम्पन्न भएपछि नेपालमा लामो समयदेखि विद्यमान रहेको लोडसेडिङको अन्त्य धेरै हदसम्म सम्भव हुन्छ। यस कारण यो आयोजना नेपालीको गौरवको आयोजना बनेको छ।
तर यो आयोजनालाई अहिलेको अवस्थासम्म ल्याउने व्यक्ति र आयोजनाको पहिचान गरी सञ्चालन गर्न सरकारलाई अभिप्रेरित गर्ने व्यक्तिको बारेमा भने खासै चर्चा भएको पाइँदैन। नेपालमा सफलतापूर्वक सञ्चालन भैरहेको यो आयोजनाको शुरुआती चरणका प्रसंगहरू इतिहासका महत्त्वपूर्ण पलहरू हुन्, जसलाई स्मरण गरिनुपर्छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा दोलखाका पूर्वसांसदहरू भीमबहादुर तमाङ, पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल, देवी खड्का, नेपाली कांग्रेसका सभापति ताराबहादुर कोइरालालगायतको योगदान अविस्मरणीय छ। आयोजना सञ्चालनमा सरकारलाई दबाब दिन पूर्वसांसद आनन्दप्रसाद पोखरेलले त संसद् भवनमा आत्मदाह गर्ने धम्कीसमेत दिएका थिए। आयोजनाको स्वर्णिम इतिहासलाई खोज्दै जाँदा धेरै प्रसंगहरू नेपाली कांग्रेसका सभापति ताराबहादुर कोइरालाको वरिपरी घुमेको समेत पाउन सकिन्छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नेपालीको सीप र लगानीमा शुरु गर्नुपर्छ भनेर पहिलो पटक प्रस्ताव गर्ने कोइरालाले अहिले जितेका छन्, किनभने आयोजना अहिले नेपालीको सीप र लगानीमा सफलतापूर्वक अगाडि बढिरहेको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको इतिहास अस्ट्रियन नागरिक डाक्टर कृश्चियन चाउलरसँग जोडिएको छ। आजभन्दा झन्डै १८ वर्षअघि सन् १९९५ मा इको हिमालमा काम गर्ने सिलसिलामा दोलखाको लामाबगर पुगेका चाउलरले शुरुमा रोल्वालिङ खोलाबाट विद्युत् निकाल्न सकिने निष्कर्ष निकालेका थिए। घुम्दै जाने क्रममा लामाबगरमा प्राकृतिक बाँध देखेपछि रोल्वालिङ खोलालाई तामाकोशीमा मिसाएर १२० मेगावाटको विद्युत् उत्पादन गर्न सकिने सम्भाव्यतासहितको अनुमान बोकेर उनी काठमाडौँ फर्किए र आफ्नो नाममा आयोजना सञ्चालनको लाइसेन्ससमेत लिए। यही क्रममा क्षेत्रपाका चन्द्रबहादुर खड्कामार्फत सन् १९९८ तिर ताराबहादुर कोइरालासँग भेट गरेका चाउलरलाई कोइरालाले नेपाली लगानीमा आयोजना सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका थिए। भेटमा नेपाली कांग्रेसका नेता उद्धव काफ्लेसमेत सँगै थिए। तर त्यति बेला कोइरालाको कुरालाई चाउलरले पत्याउन सकेनन्। चाउलर नेपालबाट फर्किएपछि सन् २००० मा उनले कोइरालालाई एउटा पत्र लेखेर आयोजनाको बारेमा नर्वेजियन कम्पनी स्टेट क्राफ्टले चासो देखाएकोले स्टेट क्राफ्टको तर्फबाट नेपाल आएका नक हकल्यान्डसँग भेट गरेर आफ्ना कुरा राख्न अनुरोध गरे। जसअनुसार नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तमाङको सल्लाहअनुसार नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भोला चालिसे, नेपाल विद्युत् प्राधिकरणकै मृगेन्द्रबहादुर श्रेष्ठ, नक हकल्यान्ड र कोइरालाबीच काठमाडौँको होटल याक एन्ड यतीमा छलफल भयो।
आयोजना सञ्चालनको लागि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भोला चालिसेले धेरै चासो देखाएकोले कुरा अगाडि बढ्दै गयो र तत्कालीन अर्थ सचिव विमल कोइराला, वर्तमान गृहमन्त्री एवम् तत्कालीन अर्थ मन्त्रालय वैदेशिक शाखाका सहसचिव माधव घिमिरेसम्म कुरा पुग्यो। उहाँहरूसमेत सकारात्मक भई सहयोग प्राप्त भएपछि आयोजना सञ्चालनको लागि वातावरण तयार भएको कोइरालाको कथन छ। डाक्टर भोला चालिसेले आयोजना सञ्चालनको लागि अध्ययन एवम् आवश्यक सहयोग गर्न नेपाल विद्युत् प्राधिकरणमा छुट्टै युनिटसमेत बनाएका थिए। आयोजनाको लागि तत्कालीन जलस्रोतमन्त्री बलदेव शर्मा मजगैया, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका वर्तमान प्रमुख एवम् तत्कालीन जलस्रोत सचिव लोकमानसिंह कार्की, नेपाल विद्युत् प्राधिकरणका तत्कालीन अधिकृतहरू जगदीश गौतम, शरद श्रेष्ठलगायतको सहयोगको कारण पनि आयोजना निर्माणमा टेवा पुगेको विगतका पृष्ठभूमिहरूले देखाएको छ। आयोजना सञ्चालनको लागि सरकारी एवम् गैरसरकारी निकाय र स्थानीय व्यक्तिहरूले समेत पर्याप्त सहयोग गरेपछि नर्वेजियन सरकारले आयोजनाको प्रारम्भिक अध्ययनको लागि १४ करोड रुपियाँ सहयोग गरेको थियो। रोल्वालिङ हाइड्रो पावरको नाममा चाउलरले शुरु गरेको आयोजना माथिल्लो तामाकोशी आयोजनाको नाममा लाइसेन्स प्राप्त भएपछि निक्कै अगाडि बढेको पाइन्छ। आयोजना सञ्चालन निश्चित भएपछि यसको अध्ययनसमेत विभिन्न कोणबाट शुरु भयो र अहिले यो आयोजना ४ सय ५६ मेगावाटको भएको छ। यसैको पृष्ठभूमिबाट ८ सय ८० मेगावाट क्षमताको तामाकोशी–३ जलविद्युत् आयोजनासमेत तत्काल सञ्चालन हुनुपर्नेमा सबै क्षेत्रबाट चासो भैरहेको छ।
आयोजना सञ्चालन निश्चित भएपछि पूर्वसांसद आनन्दप्रसाद पोखरेलले जिल्ला तहबाट सहयोग गर्नको लागि स्थानीयस्तरको सरोकार समितिको समेत गठन गरेका थिए। अहिले पनि आयोजनालाई सहयोग गर्नकै लागि दिव्यध्वज कार्कीको नेतृत्वमा स्थानीयस्तरको सरोकार समिति क्रियाशील रहेको छ। शुरुमा नेपालीको सीप र लगानीमा आयोजना बन्ने कुरामा विश्वस्त नभएका तत्कालीन अर्थमन्त्री डाक्टर रामशरण महतले पनि आयोजना सञ्चालनको लागि निक्कै सहयोग गरेको देखिन्छ। आयोजनाको तर्फबाट स्थानीयलाई १० प्रतिशत शेयर दिलाउने कुरामा अगुवाइ गरेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक अर्जुन कार्की, तत्कालीन आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठ पनि आयोजनाको इतिहाससँग जोडिएका नाम हुन्।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अहिले निक्कै द्रुतत्तर गतिमा अगाडि बढिरहेको छ। स्वदेशी लगानीमा सस्तोमा निर्माण हुन लागेको आयोजनाले सुरुङ निर्माणको लागि छुट्याइएको बजेटमा बचत गर्ने छाँट देखाएर जलविद्युत् आयोजनाको इतिहासमै अर्को गौरवपूर्ण कामको शुरुआत गर्न थालेको छ। निर्धारित बजेटमा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न अहोरात्र खटिरहेका कर्मचारीहरूलाई अनुशासित ढङ्गले परिचालित गर्ने कुरामा अहिले आयोजनाका निमित्त प्रमुख विज्ञान श्रेष्ठ, सहायक प्रबन्धक विमल गुरुङलगायतको भूमिका महत्त्वपूर्ण देखिएको छ। त्यसै गरी पछिल्लो अवधिमा आयोजनालाई अगाडि बढाउन सहयोग गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वजलस्रोतमन्त्री विष्णु पौडेल पनि आयोजनाको इतिहाससँग जोडिएको नाम हो। इतिहास सरकारको होस्, संस्थाको होस्, व्यक्तिको होस् या आयोजनाको होस्, समयपर्यन्त महत्त्वपूर्ण हुन्छ। अहिले विभिन्न क्षेत्रको इतिहास लेख्ने होडसमेत चलिरहेको छ। त्यसैले नेपालको गौरव बोकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको इतिहास भुल्नुहुँदैन। यसको इतिहासलाई लेखबद्ध गर्ने दायित्व आयोजनाकै हो। व्यक्तिगत, वादगत या व्यवहारगत स्वार्थलाई त्यागेर तामाकोशी आयोजनाको इतिहास लेखियोस् भन्ने अपेक्षा सबैको देखिन्छ।Sanjib Dahal

No comments:
Post a Comment