Sunday, June 23, 2013

आँखाको र्इशाराले चलाऔं कम्प्युटर (भिडियो सहित)

आँखाको र्इशाराले चल्ने मोबाइलको चर्चा त सुन्नु भएकै होला। सामसुङले यसखालको सुविधा दिएका कारण उसको ग्यालेक्सी सिरिजको एस फोर निक्कै चर्चामा मात्र रहेन सामसुङको सफलतालाई अर्को एउटा शिखर चढायो। स्मार्टफोनमा मात्र होइन ल्यापटपमा पनि यसरी आँखाको र्इशाराले चलाउने सुविधाहरु थपिँदैछन्। विस्तारै ग्याजेट र मोबाइल प्रविधि हात वा माउसले चलाउने नभएर आँखाले चलाउने सुविधाका साथ बजारमा उत्रने तयारीमा छन्। जसले चलाउने व्यक्तिलाई त सजिलो भएको छ नै। विभिन्न खालका शारिरीक तथा मानसिक समस्या भएकाहरुलाई पनि यसले प्रविधिको प्रयोगमा सहज बनाएको छ। विभिन्नका कारण हातमा समस्या भएका तथा शारिरीक रुपमा दूर्बलहरुका लागि यस्ता खालका प्रविधि विकास गर्ने र उनीहरुलाई सबल बन्न र प्रविधिको माध्यमबाट जिवनलाई सहज बनाउन मदत गर्ने क्रम पनि चलेको छ। त्यसका लागि आँखा वा टाउकोबाट नियन्त्रण गरेर कम्प्युटर तथा अन्य ग्याजेट चलाउने प्रविधिको पनि विकास भएको छ। जसले
विभिन्न कारणले शरिरका केही अंग वा भागले काम गर्न नसक्ने अवस्था भएकालाई त सजिलो भएको छ नै अरुलाई पनि नयाँ खालको प्रविधिको उपयोग गर्न सहज भएको छ। यस्तै एउटा सफ्टवेयर र प्रविधिको विकासले तपाइँलाई पनि आफ्नो कम्प्युटर आँखाको र्इशाराले चलाउन सक्ने बनाएको छ।Eye Controlled computer control your computer by eye, Camera Mouseपछिल्ला प्राविधिक सुधारका साथ आएका स्मार्टफोन मात्र होइन तपाइँसँग भएको पुरानो कम्प्युटरलाई पनि अब तपाइँ आँखाको र्इशाराले चलाउन सक्नुहुन्छ। त्यसखालको अवस्था बनाएको छ बोष्टन कलेजले। जहाँ शारिरीक अपांगता भएकालाई सजिलै कम्प्युटर चलाउन मदत गर्ने हिसाबमा सुरु भएको एउटा प्रोजेक्टले आँखाको र्इशाराले कम्प्युटर, ल्यापटप तथा ट्याब्लेट चलाउन सकिने बनाएको छ। बोष्टन कलेजका प्रोफेसर जेम्स गीप्स र माग्रिर्ट बेत्केले आँखाको र्इशाराले कम्प्युटर चलाउन सकिने सफ्टवेयरको विकास गरेका छन्। जसका लागि एउटा वेबक्याम भए पुग्छ। उनीहरुले आँखाले कम्प्युटर चलाउनका लागि क्यामेरा माउस नामको सफ्टवेयरको विकास गरेका हुन्। सन् २a००७ मा विकास भएको यो सफ्टवेयरको २०१३ को संस्करणमा आउँदा सम्म निक्कै परिवर्तन भएको छ। जसले गर्दा सामन्य वेबक्याम प्रयोग गरेर तपाइँ आफ्नो कम्प्युटरलाई आँखाको माध्यमबाट चलाउन सक्नुहुन्छ। अहिले सम्म विश्वका D१५ लाख व्यक्तिले यो सफ्टवेयर डाउनलोड गरेर प्रयोग गरिसकेका छन्।
सामान्यतया हामी कम्प्युटर, ल्यापटप हातको सहाराले माउस वा माउस प्याडमा छोएर, चलाएर सञ्चालन गर्र्छौं। तर यो सफ्टवेयर राखिसकेपछि तपाइँले टाउको र आँखा हल्लाएर कम्प्युटरमा माउसको काम गर्न सक्नुहुन्छ। त्यसका लागि तपाइँसँग कम्प्युटर, ल्यापटप तथा ट्याब्लेटमा वीण्डोज एक्सपी, भीष्टा, सेभेन वा ऐट हुनु पर्दछ भने गुणस्तरिय फोटो खिच्न सक्ने वेबक्याम पनि हुनु आवश्यक छ। तपाइँसँग यी कुरा छन् भने तपाइँले यहाँक्लिक गरेर क्यामेरा माउस डाउनलोड गर्न सक्नुहुन्छ। यसलाई कम्प्युटरमा स्थापित गरिसकेपछि तपाइँले आफ्नो कम्प्युटरलाई आँखाले नै चलाउन सक्नुहुन्छ। यो सफ्टवेयर सित्तैमा उपलब्ध भएकाले तपाइँलाई थप कुनै आर्थिक भार पर्दैन।
यो सफ्टवेयर राखेर कसरी कम्प्युटर माउसले चलाउने भन्ने थप जान्नका लागि यहाँबाट म्यानुअल डाउनलोड गर्न सक्नुहुन्छ।
भिडियोमा हेर्नुस कसरी काम गर्छ यसले
doorsanchar.com

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।