Tuesday, June 25, 2013

दोलखा मिर्गेकि महिलालाइ सेनाले रगत दान गरे

दोलखा  खवर  ,,,,,,,
दोलखा ।  दोलखाको मिर्गे गाविस वडा नं.९ निवासी एक महिलाको महिनावरी हुने क्रममा अत्यधिक रक्तश्राव भएपछि वर्दबहादुर गणका २ जना सेनाले रक्तदान गरेका छन ।
मिर्गे निवासी तपसा शेर्पाकी ४३ बर्षीया श्रीमती छेलामो शेर्पा महिनावारी हुने क्रममा अत्याधिक रक्तश्राव भएर रगतको कमी भएपछि नेपाली सेनालाई रगत सहयोग गर्न माग गरेपछि जमदार सुर्य कान्त सापकोटा र अमल्दार राजु काफलेले एक-एक पिन्ट ओ पोजेटिभ रगत दिनुभएको उपसेनानी हेम शिवाकोटीले जानकारी दिनुभयो । सो महिलाको हाल च्छोरोल्पा अस्पतालमा थप उपचार भइरहेको छ ।
source: radiosailung.org

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।