Tuesday, June 4, 2013

दोलखामा आज पुनः झडपको स्थिति, ‘वाईसीएलले राजधानीबाट गुण्डा झिकायो’


dolakha district-Hamrakura.comचरिकोट, २१ जेठ । दोलखामा वाईसीएल र तरुण दलकाबीच उत्पन्न भएको विवाद सोमबारको सहमतिपछि टुंगिएको भनिएपनि आज पुनः तनावको स्थिति उत्पन्न भएको छ । सोमबार स्थानीय प्रशासनको पहलमा वार्ता भई ५ बुँदे सहमति भएकामा वाईसीएलले राजधानीबाट थप व्यक्तिहरुलाई दोलखा झिकाएपछि आज पनि दोलखामा झडपको स्थिति देखिएको हाम्रा स्थानीय संवाददाताले स्रोतहरुको भनाई उदृत गर्दै जनाएका छन् ।
वाईसीएलले राजधानीबाट २ सय बढीको हाराहारीमा आफ्ना कार्याकर्ता झिकाएर सदरमुकाम चरिकोटमा दिउँसो शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको जनाइएको छ । त्यसका लागि वाईसीएल बिहानैदेखि चोक–चोकमा भेला भईरहेको बताइएको छ । तरुण दलका एक कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा हामीसँग भने–‘वाइसीएलले काठमाडौंबाट गुण्डा झिकाएर हामीमाथि आक्रमण गर्ने तयारी गरेको बुझिएको छ, यदी त्यस्तो हो भने हामी प्रतिकारका लागि तयार छौं ।’
वाईसीएलबाट आज पनि आक्रमण हुन सक्ने अवस्था उत्पन्न भएको भन्दै तरुण दलका कार्याकर्ताहरु प्रतिकारका लागि तयार भएको बताइएको छ । तरुण दलका कार्यकर्ताहरुले वाईसीएलबाट आक्रमण भए आफूहरु त्यसको प्रतिकारमा उत्रिने हाम्राकुरालाई बताए ।
यसैबीच वाईसीएल र तरुण दलकाबीच हुन सक्ने सभ्भावित झडपलाई मध्यनजर गर्दै सदरमुकाम आसपास क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन भएका छन् भने सुरक्षास्थित मजबुत बनाएको प्रहरीले जनाएको छ ।
गत आइतबार वाईसीएलले तरुण दलका कार्यकर्तालाई कुटपिट गरेपछि यी दुई संगठनबीच तनाव बढ्दो छ । यही घटनाको विरोधमा दोलखा कांग्रेले सोमबार दोलखा बन्द गराएपनि नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतको आग्रहपछि बन्द फिर्ता लिएको थियो । त्यस लगत्तै भएको वार्तामा ५ बुँदे सहमति भएको थियो ।COPIED hamrakura.com

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।