Saturday, June 8, 2013

दोलखाका १७ सय शिक्षकले तलब पाएनन्

दोलखा, २५ जेठ। शिक्षा विभागले पर्याप्त रकम निकासा नगरेपछि दोलखाका शिक्षकहरुले चौमासिक तलब-भत्ता पाउन सकेका छैनन्। विभागले आवश्यक रकम निकासा नपठाएपछि दोलखाका एक हजार ७७१ जना शिक्षकको तेश्रो चौमासिकबापतको तलब, भत्ता अहिलेसम्म निकासा हुन नसकेको हो।

प्रावि तहका एक हजार २२९ र निमावि तथा मावि तहका ५४२ जना शिक्षकलाई तलब भत्ताबापत ३९ करोड ४८ लाख ८३ हजार ५४६ रुपैयाँ आवश्यक पर्ने भए पनि चार करोड ८३ लाख ६३ हजार ३२८ रुपैयाँ अपुग भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। शिक्षा विभागले ३४ करोड ६५ लाख २० हजार २१८ रुपैयाँ बजेट निकासा पठाएकोमा फागुनसम्म २५ करोड ६३ लाख २ हजार ४८५ रुपैयाँ खर्च भइसकेको शिक्षा कार्यालयका लेखा अधिकृत भरत केसीले जानकारी दिनुभयो।

पर्याप्त बजेट नभएका कारण शिक्षा कार्यालयले अन्तिम चौमासिक निकासा गर्न सकिरहेको छैन। कार्यालयका अनुसार अहिलेकै खर्चको अख्तियारीको आधारमा निकासा पठाउँदा अपूरो हुने भएकाले अन्योलता भएको हो।

शिक्षा कार्यालयले गत वैशाख २२ गते शिक्षा विभागलाई नपुग रकम उपलब्ध गराइदिन लिखित आग्रह गरे पनि अहिलेसम्म थप रकम निकासा भएको छैन।दोलखा जिल्लामा स्वीकृत दरबन्दीमा एक हजार २७० र राहत कोटामा ५०१ गरी एक हजार ७७१ जना शिक्षक कार्यरत छन् । hamrokura.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।