Wednesday, July 31, 2013

माथिल्लो तामाकोशीको एक महिनाभित्रै समाधान : रेग्मी

दिलबहादुर केसी
दोलखा, १४ असार-  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको व्यवस्थापन, डिजाइन परिवर्तन लगायतका समस्या सरकारले एक महिनाभित्र समाधान गर्ने प्रतिबद्धता गरेको छ । आयोजनामा देखिएको पछिल्लो समस्याका बारेमा सरकारको ध्यानाकार्षण गराउन सिंहदरबार पुगेका दोलखाका राजनीतिक दलका प्रतिनिधि टोलीलाई मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले स्वतन्त्र छानबिन समिति बनाएर भए पनि समाधान गर्ने प्रतिबद्धता जनाएका
छन् ।
परामर्शदाताले साढे ३ किलोमिटर सुरुङको डिजाइन परिवर्तन गर्न लागेको तथा व्यवस्थापकीय समस्या भएको भन्दै राजनीतिक दलका टोलीले  मन्त्रिपरिषद् अध्यक्षलगायत सरोकारवालासँग छलफल गरेको हो । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मन्त्रिपरिषद्का अध्यक्षसहित ऊर्जामन्त्री उमाकान्त झा, अर्थमन्त्री शंकर कोइराला, मुख्य सचिव लीलामणि पौडेलसहित विभागीय सचिवहरूको समेत सहभागिता थियो । जिल्लाका राजनीतिक दलहरूका तर्फबाट एमाओवादी नेतृ खड्का र केन्द्रीय सदस्य गंगाबहादुर कार्की, नेपाली कांग्रेसका पूर्वसभासद् जीपछिरिङ शेर्पा, सभापति ताराबहादुर कोइराला, एमालेका पूर्वसांसद आनन्दप्रसाद पोखरेल, पूर्वअध्यक्ष पार्वत गुरुङ, भरत दुलाल र राप्रपाका केन्द्रीय सदस्य नरबहादुर पाख्रिन पुगेका थिए । एनेकपा माओवादी नेतृ देवी खड्काले छलफल सकारात्मक भएको बताइन् । आयोजनामा भएका व्यवस्थापकीय, प्राविधिक तथा आर्थिक समस्या समाधान गर्न प्राविधिक सहितिका स्वतन्त्र विज्ञ टोली बनाएर एक महिनाभित्र छानबिन गर्ने सरकारको तर्फबाट प्रतिबद्धता भएको उनले बताइन् । आयोजनाको डिजाइन परिवर्तनलगायतका समस्यासम्बन्धी समाचार कारोबारमा प्रकाशित भएपछि स्थानीय राजनीतिक दल र नागरिक समाजले सरकारको ध्यानाकार्षण गराएका हुन् ।
 तीन घण्टा चलेको छलफलका क्रममा कुनै पनि हालतमा आयोजनामा समय र लागत बढाउन नपाइने माग गरेको कांग्रेस सभापति ताराबहादुर कोइरालाले बताए । छलफललगत्तै आयोजनाका अधिकारीले आयोजनाको प्रगति र अवस्थाको बारेमा गरेका थिए ।
पावर हाउस र ट्रान्सफरमर क्याबिनको सुरुङ यस अघि १ सय मिटर चर्किएर समस्या आएपछि मर्मत कार्य जारी छ । ठेकेदारले निर्माण पूरा गरी परामर्शदाताले गुणस्तर मापन गरेर प्रबद्र्धकले जिम्मा लिएपछि चर्किएर फुटेको थियोे ।
आयोजनाको अनुगमन सुरपरीवेक्षणका लागि परामर्शदाता कम्पनी नर्वेजिन र जर्मन कम्पनी नरकन्सल्ट ए.एस.– लाहमेर जेभीले गरिरहेको छ । भौगार्भिक समस्या देखिएपछि परामर्शदाताले पेनस्टक साफ्टभन्दा उपल्लो सुरुङको काम रोकेर डिजाइन परिवर्तनको गृहकार्य गरिरहेको छ । डिजाइन परिर्वन हुँदा पेनस्टक साफ्टदेखि भैंसे अडिटसम्मको ५ किमि सुरुङमध्ये साढे ३ किमिको डिजाइन परिवर्तन हुनेछ । डिजाइन परिवर्तन गर्दा ८.३ प्रतिशत अथवा २९ डिग्रीको स्लोपमा निर्माण भइरहेको सुरुङको बाँकी ०.३ प्रतिशत अर्थात् १ डिग्री स्लोपमा निर्माण हुनेछ । डिजाइन परिवर्तन गर्दा २ सय ६० मिटर ठाडो पेनस्टक साफ्ट थप निर्माण गर्नुपर्छ ।
डिजाइन परिवर्तन गर्दा आयोजनाको समय एक वर्ष थप हुनुका साथै ५ अर्बसम्म लागत वृद्धि हुने अनुमान छ । आयोजनाको काम अहिले पनि ६ महिना ढिला छ । डेढ वर्ष ढिला हुँदा आयोजनाले त्यस अवधिमा कमाउने १५ अर्ब रुपैयाँसमेत गुमाउने छ ।

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।