Friday, August 23, 2013

५५ फिट लामो कपाल भएकी महिला ( फोटो फिचर)

मान्छेको कपाल कति सम्म लामो हुन सक्दो रहेछ ? अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए । कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन्

एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले
कहिल्यैपनि कपाल काटि्दन ।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।
विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि सन्तानजत्तिकै प्यारो रहेको बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर, हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।


उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा बोक्नुपर्छ ।


उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् । तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न थालेकी थिइन् ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।