संजिब दाहाल
दोलखा, ७ भदौ । गएराति दोलखाको बोचको चरङ्गेमा होटल संचालन गरी बस्दै आमा छोराको हत्या भएको छ । बोच गाविसको वडा नम्बर एक चरङ्गेमा होटल संचालन गरी बस्दै आएकी ४० बर्षिय राधिका श्रेष्ठ र उनको १३ बर्षिय छोरा सन्देश श्रेष्ठको होटलभित्र नै विभत्स हत्या भएको छ ।
होटलमा दुध लिएर आउनेले विहान अबेरसम्म नउठेपछि स्थानियले प्रहरी खवर गरेको प्रहरी घटनास्थलमा पुगेर होटल खोलि हेर्दा मृत अवस्थामा फेला परेका थिए । मृतक आमा मझेरीमा लडेको र टाउकोमा चोट देखिएको छ भने छोरा सन्देशको खाटमा सुतेको र घा“टीमा चोट देखिका अबस्थामा भेटिएको थियो भने घटनास्थल रत्ताम्मे नै देखिन्छ । घट्ना गभ्भिर ढङ्गले घटनास्थलमा अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ । दोलखाका प्रहरी निरीÔक कैलाश राई ले मेरोजिल्ला डट कम लाई बताए अनुसार गएराति आमाछोरा दुवैको होटलभित्र नै हत्या भएको र मृतक आमाको टाउकोमा चोट देखिएको छ भने छोरा सन्देशको घाँटीमा चोट देखिको छ ।
आमा टाउकोमा हानी हत्या गरेको र छोरा सन्देशको खाटमा सुतेको र घाँटी थिचेर हत्या गरेको हुन्सक्ने आशंका गरेको छ । पोष्टपार्टमका लागी सदरमुकाम ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले धनमाल तथा गहगहना लुटी हत्या गरेको हुन सक्ने आशंका गरेको छ । यदपी प्रहरीले कोहीकसैलाई समातेको छैन । तर प्रहरी मृतकको पोष्टपार्टम पछि मात्रै शंकालाई नियन्त्रण लिई अनुसन्धान थालिने बताएको छ । राधिकाको श्रीमान् २ वर्ष अगाडी नै मृत्यू भएको थियो भने राधिको परिवारमा एक छोरा उनि मात्रै बस्दै आएकी थिईन् ।
No comments:
Post a Comment