Monday, September 30, 2013

नेपाल बन्द कहिल्यै नगर्ने एमालेको घोषणा

शुरोजंग पाण्डे÷राजधानी, काठमाडौं, १३ असोज नेकपा एमालेले विरोधका लागि अन्य विकल्प प्रस्तुत गर्ने संकल्पसहित कहिल्यै नेपाल बन्द नगर्ने आमजनतामाझ सार्वजनिक घोषणा गर्ने भएको छ । नेपाल बन्दप्रति आमजनतामा बढिरहेको नकारात्मक भावनालाई सम्मान गर्दै एमालेले निर्वाचन घोषणापत्रमार्फत कहिल्यै नेपाल बन्द नगर्ने सार्वजनिक घोषणा गर्न लागेको हो । उसले राजनीतिलाई पेसाको सट्टा सेवाका रूपमा रूपान्तरण गर्दै राजनीतिक शुद्धीकरण अभियानको नेतृत्व लिने सार्वजनिक घोषणासमेत गर्ने तयारी गरेको छ ।
‘जस्तोसुकै माग, गुनासो या विरोधलाई लिएर नेपाल बन्दको घोषणा गर्ने प्रचलनले जनतालाई सास्ती, अर्थतन्त्रमा नोक्सानी, विद्यार्थीहरूको भविष्य बर्बाद र नेपालको छवि धमिलो बन्दै गएको छ । सकभर समस्याको वार्ताद्वारा समाधान र विरोधमा उत्रिन परे पनि अन्य विकल्प प्रस्तुत गर्ने संकल्प गर्दै नेकपा एमाले घोषणा गर्दछ ः हामी कहिल्यै नेपाल बन्द गर्ने छैनौं,’ एमालेको घोषणापत्रमा भनिएको छ ।
नेपाल बन्द नगर्ने संकल्पसहित राजनीतिक शुद्धीकरण अभियानको नेतृत्व लिनेगरी घोषणापत्र तयार पार्ने एमाले पहिलो ठूलो दल बनेको छ । एमालेले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिलाई सेवाका रूपमा लिन, उत्पादन कार्यसँग जोडिएर आत्मनिर्भर बन्न र राजनीतिलाई सफा गर्न घोषणापत्रमार्फत सार्वजनिक आह्वान पनि गरेको छ ।
‘राजनीति पेसा होइन, सेवाको विषय हो । तर पछिल्लो समय यसलाई पेसाको रूपमा लिने कुराले राजनीतिलाई नै विकृत तुल्याइदिएको छ । पार्टी आफ्ना सबै कार्यकर्ताहरूलाई यसलाई सेवाको रूपमा लिन, उत्पादन कार्यसँग जोडिएर आत्मनिर्भर बन्न र राजनीतिलाई सफा गर्न आह्वान गर्दछ,’ एमालेले भनेको छ, ‘पार्टी सञ्चालनका लागि उनीहरूले प्राप्त गरेको मतको आधारमा राज्यबाट अनुदानको व्यवस्था गर्न पार्टी अपारदर्शी आर्थिक सम्बन्धका आधारमा राजनीति सञ्चालन गर्ने स्थितिको निम्ति सक्रिय पहलकदमीमा उत्रिनेछ ।’erajdhani.com

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।