रवीन्द्र गौतम, दोलखा
संवाददाता - कार्तिक बडा दशैँको शुरुमै दोलखाबासी चढेको बस दुर्घटनामा परी १० स्थानीयको मृत्यु र केही गम्भीर घाइते भई दोलखा बजार शोकमा डुबे पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा भने सम्पन्न भएको छ ।
फूलपातीको दिन दोलखाबासीले रिजर्भ गरेको बस दोलखाको लाकुरीडाँडामा दुर्घटना भई चालक र स्थानीय नौ जनाको मृत्यु र ३७ जना घाइते भए पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा यस वर्ष पनि सम्पन्न भएको हो । स्थानीय १ सय ५४ परिवारमा घटनाले दुःख परेका कारण जात्रामा
स्थानीयहरुको उपस्थिति न्यून भएको समाजसेवी स्थानीय लक्ष्मण श्रेष्ठले बताए । उनले खड्ग जात्राका लागि वर्षेनी ‘हिपा थामी’ समूहलाई सहयोग गर्दै आएका छन् ।
ऐतिहासिक दोलखा बजारमा परम्परागत रुपमा देखाइँदै आएको खड्ग जात्रा बडा दशैँको टीकाको भोलिपल्ट सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ । बृद्ध तथा युवाहरु दोलखा बजारको बिभिन्न टोल तथा चोकहरुमा युद्धको अभिनयसंँगै कुसुले बाजाको तालमा नाच्दै मनाइन्छ ।
मल्लकालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशै टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय भरतनारायण प्रधानले बताए । पहिले छुट्टै राज्यको रुपमा रहेको दोलखा बजारमा अहिले पनि धेरै परम्परागत जात्रा पर्वहरु मनाउने गरिन्छ । तर अब आर्थिक समस्यासँगै जात्रामा सहभागिता जनाउने स्थानीयको अभावको कारण केही बर्षमा परम्परागत जात्रा पर्वहरु हराउँदै जाने हो कि भन्ने चिन्ता रहेको स्थानीय चरित्रकृष्ण जोशी गुनासो गर्छन् ।
किंवदन्तिअनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई बिभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए । दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा नाच दोलखा सहरको चक्रमण्डप नर्कछे टोलको बौद्ध चैते, र्कोछे टोल, पिंगल टोलको बालकुमारी मन्दिर हुदै भीमेश्वर डोबर डबलीमा पु¥याइने र त्यहाँ चार दानवको प्रतीक स्वरुप चार ओटा राँगालाई सबैले खड्ग प्रहार गरी मार्ने चलन रहेको छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालिको मन्दिर हुदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बृद्धहरु बताउँछन् । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिईएको राँगाको टाउको राखि राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ । खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।
copied by DCNepal.com
संवाददाता - कार्तिक बडा दशैँको शुरुमै दोलखाबासी चढेको बस दुर्घटनामा परी १० स्थानीयको मृत्यु र केही गम्भीर घाइते भई दोलखा बजार शोकमा डुबे पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा भने सम्पन्न भएको छ ।
फूलपातीको दिन दोलखाबासीले रिजर्भ गरेको बस दोलखाको लाकुरीडाँडामा दुर्घटना भई चालक र स्थानीय नौ जनाको मृत्यु र ३७ जना घाइते भए पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा यस वर्ष पनि सम्पन्न भएको हो । स्थानीय १ सय ५४ परिवारमा घटनाले दुःख परेका कारण जात्रामा
स्थानीयहरुको उपस्थिति न्यून भएको समाजसेवी स्थानीय लक्ष्मण श्रेष्ठले बताए । उनले खड्ग जात्राका लागि वर्षेनी ‘हिपा थामी’ समूहलाई सहयोग गर्दै आएका छन् ।
ऐतिहासिक दोलखा बजारमा परम्परागत रुपमा देखाइँदै आएको खड्ग जात्रा बडा दशैँको टीकाको भोलिपल्ट सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ । बृद्ध तथा युवाहरु दोलखा बजारको बिभिन्न टोल तथा चोकहरुमा युद्धको अभिनयसंँगै कुसुले बाजाको तालमा नाच्दै मनाइन्छ ।
मल्लकालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशै टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय भरतनारायण प्रधानले बताए । पहिले छुट्टै राज्यको रुपमा रहेको दोलखा बजारमा अहिले पनि धेरै परम्परागत जात्रा पर्वहरु मनाउने गरिन्छ । तर अब आर्थिक समस्यासँगै जात्रामा सहभागिता जनाउने स्थानीयको अभावको कारण केही बर्षमा परम्परागत जात्रा पर्वहरु हराउँदै जाने हो कि भन्ने चिन्ता रहेको स्थानीय चरित्रकृष्ण जोशी गुनासो गर्छन् ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालिको मन्दिर हुदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बृद्धहरु बताउँछन् । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिईएको राँगाको टाउको राखि राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ । खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।
copied by DCNepal.com
No comments:
Post a Comment