Thursday, October 3, 2013

अब चश्माले भाषा अनुवाद गर्छ

काठमाण्डु । खासगरी चश्मा आँखाको सुरक्षाको लागि प्रयोग हुन्छ । तर, चश्माको उपयोगिता अब त्यत्तिमा मात्रै सीमित रहेन । वैज्ञानिकहरुले शब्दहरुलाई अनुवाद गर्न सक्ने चश्माको विकास गरेका छन् ।
जापानको मोबाइल अपरेटर कम्पनि एनटीटी डोकोमोले यस्तो चश्मा बनाएको छ, जस्ले अपरिचित शब्दको सूची तयार पारेर त्यसलाई सजिलै अनुवाद गर्छ । यो चश्मा अरु साधारण चश्मा जस्तै लगाएर पनि हिँड्न मिल्छ ।
‘यो चश्मा पर्यटकहरुकालागि वरदान सावित हुने छ । विभिन्न देशको भ्रमण गर्नेहरुलाई किताब, रेष्टुरेन्टका मेनु तथा अन्य दस्तावेज तुरुन्त अध्ययन गर्न सकिन्छ,’ कम्पनिले भनेको छ । यो चश्मा लगाउनेहरुले आफ्नो भाषाअनुसार अपरिचित शब्दलाई अनुवाद गर्न सक्नेछन् । कम्पनिकाअनुसार यसलाई जापानको एक कन्जुमर इलेक्ट्रोनिक शो सीटेक–२०१३ मा प्रदर्शन गरिने छ ।
काठमाण्डैा टुडेबाट  साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।