कान्तिपुर संवाददाता
दोलखा, आश्विन १५ - छतमा बसेर यात्रा गर्ने क्रमलाई रोक्न यसपटकको दसैं अवधिभर अरनिको यातायात समितिले दैनिक पाँच सय बस चलाउने भएको छ ।
राजधानीपूर्वका जिल्लाहरुमा यातायात सेवा सञ्चालन गरिरहेको समितिले अरनिको राजमार्ग र साहायक मार्गहरु गरी ४० स्थानमा बस चलाउने पनि जनाएको छ । दोलखा प्रशासन र प्रहरीले दसै अबधिमा हुने दुर्घटनालाई कम गर्न छतमा गरिने यात्रा पूर्णतः बन्देज गर्न कडा कदम चाल्ने भएपछि समितिले प्रयाप्त बस चलाउने बताएको हो ।
राजधानीपूर्वी मार्गहरुमा एकलौटी जस्तै सुविधा दिंदै आएको अरनिकोले कुनै पनि यात्रुलाई सिटबाहेक यात्रा गर्ने अवस्था नल्याउने प्रतिबद्धता पनि जनाएको छ । दोलखाको प्रशासन र प्रहरीसँगको छलफलमा दसैमा यात्रुको चाप हेरेर दैनिक ५ सय बस
चालउने समितिका अध्यक्ष जीतबहादुर भारतीले बताए । समितिले नियमित रुपमा दैनिक २ सय ३२ वटा वसहरु चाउदै आएको छ । उक्त समितिको बसमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्वु र ओखलढङ्गाका मानिसहरु अरनिको राजमार्ग हुँदै यात्रा गर्छन् । अरनिको बाहेक लामो दुरीमा सिन्धुपाल्चोकसम्म हेलम्बु र दोलखासम्म रोल्वालिङ यातायाता समितिले बस चलाउदै आएको छ । छलफलमा रोल्वालिङ यातायात सेवा समितिले पनि छतमा यात्रालाई प्रतिबन्ध गर्ने प्रतिबद्धता गरेको छ ।
गैरकानुनी भए पनि साधनको अभावले यात्रुहरु दसैका बेला छतमा बसेर जोखिम यात्रा गर्न बाध्य हुन्छन् । गएको दसैका बेलाहरुमा घटस्थापनाको दिनदेखि यात्रुको चाप बढ्थ्यो र यात्रुहरु छतमा र वसभित्र उभिएर यात्रा गर्न बाध्य हुन्थे । 'यसपटक त्यस्तो अवस्था आउदैन,' अरनिको समिति सचिव श्याम लामाले दसै अबधिभर सिटमै बसेर यात्रा गर्ने बसहरुको व्यवस्था मिलाउने बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखामा भएको छलफलमा समितिले असोज १ गतेदेखि अगि्रम बुकिङ खुला गरे पनि लामो दूरी मानिने दोलखा र रामेछापका यात्रुहरुले हालसम्म टिकट नकिनेको बताए । चाहेजति टिकटको व्यवस्था भए पनि अगि्रम बुकिङ नभैदिदाँ भने समस्या परेको उनीहरुको भनाइ छ ।
यसपटक दोलखा प्रशासनले पनि कुनै पनि हालतमा यात्रुलाई छतमा वस्न नदिने भएको छ । टिकट नपाएको गुनासो सुन्ने र व्यवस्था गर्न पहल गर्ने तर छतमा यात्रा गरेको पाइएमा कार्वाही गरिने प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताए । छतमा वस्ने, ढोकामा उभिने र झुण्डिने क्रमलाई रोक्न विशेष कदम चालिने उनले बताए ।
अघिल्लो दसैंहरुमा राजधानीबाट आउने बेला मात्र प्रशस्त वस व्यवस्था गर्ने अरनिकोले यसबर्षदेखि जाने बेलामा पनि चाहिए जति बस व्यवस्था गर्ने भएको छ । दसै पछि पनि क्युबाहेकको बसहरु व्यवस्था गरेर यात्रुलाई सहुलियत दिनुपर्ने छलफलमा माग भए पछि समितिले राजधानी र्फकने यात्रुहरुका लागि पनि चाहे जति बस चलाइदिने प्रतिबद्धता गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखेलले जिल्ला प्रशासनबाट दसै अवधिमा यात्रुको आवागमण सहज बनाउन अनुगमण र कार्वाही प्रकृया निरन्तर गरिने बताए ।
कन्तिपुरबाट साभार
दोलखा, आश्विन १५ - छतमा बसेर यात्रा गर्ने क्रमलाई रोक्न यसपटकको दसैं अवधिभर अरनिको यातायात समितिले दैनिक पाँच सय बस चलाउने भएको छ ।
राजधानीपूर्वका जिल्लाहरुमा यातायात सेवा सञ्चालन गरिरहेको समितिले अरनिको राजमार्ग र साहायक मार्गहरु गरी ४० स्थानमा बस चलाउने पनि जनाएको छ । दोलखा प्रशासन र प्रहरीले दसै अबधिमा हुने दुर्घटनालाई कम गर्न छतमा गरिने यात्रा पूर्णतः बन्देज गर्न कडा कदम चाल्ने भएपछि समितिले प्रयाप्त बस चलाउने बताएको हो ।राजधानीपूर्वी मार्गहरुमा एकलौटी जस्तै सुविधा दिंदै आएको अरनिकोले कुनै पनि यात्रुलाई सिटबाहेक यात्रा गर्ने अवस्था नल्याउने प्रतिबद्धता पनि जनाएको छ । दोलखाको प्रशासन र प्रहरीसँगको छलफलमा दसैमा यात्रुको चाप हेरेर दैनिक ५ सय बस
चालउने समितिका अध्यक्ष जीतबहादुर भारतीले बताए । समितिले नियमित रुपमा दैनिक २ सय ३२ वटा वसहरु चाउदै आएको छ । उक्त समितिको बसमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्वु र ओखलढङ्गाका मानिसहरु अरनिको राजमार्ग हुँदै यात्रा गर्छन् । अरनिको बाहेक लामो दुरीमा सिन्धुपाल्चोकसम्म हेलम्बु र दोलखासम्म रोल्वालिङ यातायाता समितिले बस चलाउदै आएको छ । छलफलमा रोल्वालिङ यातायात सेवा समितिले पनि छतमा यात्रालाई प्रतिबन्ध गर्ने प्रतिबद्धता गरेको छ ।
गैरकानुनी भए पनि साधनको अभावले यात्रुहरु दसैका बेला छतमा बसेर जोखिम यात्रा गर्न बाध्य हुन्छन् । गएको दसैका बेलाहरुमा घटस्थापनाको दिनदेखि यात्रुको चाप बढ्थ्यो र यात्रुहरु छतमा र वसभित्र उभिएर यात्रा गर्न बाध्य हुन्थे । 'यसपटक त्यस्तो अवस्था आउदैन,' अरनिको समिति सचिव श्याम लामाले दसै अबधिभर सिटमै बसेर यात्रा गर्ने बसहरुको व्यवस्था मिलाउने बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखामा भएको छलफलमा समितिले असोज १ गतेदेखि अगि्रम बुकिङ खुला गरे पनि लामो दूरी मानिने दोलखा र रामेछापका यात्रुहरुले हालसम्म टिकट नकिनेको बताए । चाहेजति टिकटको व्यवस्था भए पनि अगि्रम बुकिङ नभैदिदाँ भने समस्या परेको उनीहरुको भनाइ छ ।
यसपटक दोलखा प्रशासनले पनि कुनै पनि हालतमा यात्रुलाई छतमा वस्न नदिने भएको छ । टिकट नपाएको गुनासो सुन्ने र व्यवस्था गर्न पहल गर्ने तर छतमा यात्रा गरेको पाइएमा कार्वाही गरिने प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताए । छतमा वस्ने, ढोकामा उभिने र झुण्डिने क्रमलाई रोक्न विशेष कदम चालिने उनले बताए ।
अघिल्लो दसैंहरुमा राजधानीबाट आउने बेला मात्र प्रशस्त वस व्यवस्था गर्ने अरनिकोले यसबर्षदेखि जाने बेलामा पनि चाहिए जति बस व्यवस्था गर्ने भएको छ । दसै पछि पनि क्युबाहेकको बसहरु व्यवस्था गरेर यात्रुलाई सहुलियत दिनुपर्ने छलफलमा माग भए पछि समितिले राजधानी र्फकने यात्रुहरुका लागि पनि चाहे जति बस चलाइदिने प्रतिबद्धता गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखेलले जिल्ला प्रशासनबाट दसै अवधिमा यात्रुको आवागमण सहज बनाउन अनुगमण र कार्वाही प्रकृया निरन्तर गरिने बताए ।
कन्तिपुरबाट साभार
No comments:
Post a Comment