शम्भु गौतम..
दोलखा, २९ कात्तिक । चुनावको दिन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ भने दलहरुबीचमा झडपका घटनाहरु पनि बढ्न थालेका छन् । यस क्रममा दोलखाको लादुकमा हिजो नेकपा एमाले र एमाओवादीका कार्यकर्ता बीचमा झडप भएको छ ।
झडपमा २० जना एमाले समर्थक घाइते भएको दोलखाका प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । एमाले कार्यकर्ता तारा केसी सहित ४ जना गम्भीर घाइते भएको र घाइतेलाई थप उपचारको लागि सिङ्गटी अस्पताल ल्याइँदै गरेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । गम्भीर घाइते भएका ३ जनाको नाम अझै खुल्न सकेको छैन ।
इलाका नं. ७ का संयोजक भरत ढुङ्गेल अध्यक्षतामा भइरहेको सभालाई एमाओवादी जिल्ला नेता कुलबहादुर बुढाथोकीको नेतृत्वको टोलीले आक्रमण गरेको एमाले नेता लालकुमार केसीले जानकारी दिनुभयो ।
साभार हाम्रोकुरा.कम

No comments:
Post a Comment