Wednesday, November 27, 2013

खुसी व्यक्त गर्दै क्रिकेट टिमका लागि नगद पुरस्कारको सिफारिस

काठमाडौं, मंसिर १२ - नेपाल ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदले क्रिकेट खेलाडी र प्रशिक्षकका लागि नगद पुरस्कारको व्यवस्था गर्न सरकार समक्ष सिफारिस गरेको  छ ।
राखेपका सदस्य सचिव युवराज लामाले वुधबार विज्ञप्ति निकाल्दै नेपाली क्रिकेट खेलाडीका लागि परिषदले सरकार समक्ष उचित पुरस्कार राशीको लागि मन्त्रालय मार्फत सिफारिस गर्ने निर्णय समेत गरेको जानकारी दिनुभएको छ ।
‘नेपाली टोलीले टिम प्रतियोगिताको उच्च प्रतियोगितामा स्थान बनाउन सफल भएको यो नै पहिलो पटक हो,’ राखेपको विज्ञप्तिमा लामाले भन्नुभएको छ, ‘यसका लागि नेपाली क्रिकेट टोली, प्रशिक्षक, संघ र क्रिकेट प्रेमीहरु बधाईका पात्र छन् ।’
सिमित श्रोत र साधनका बावजुद पनि सिमित राष्ट्रहरुको मात्र पहुँच रहेको क्रिकेटको विश्वस्तरिय प्रतियोगितामा प्रवेश गर्नु भनेको खेलाडी, प्रशिक्षक र संघको बहादुरी रहेको परिषदको ठम्याई रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै बंगलादेशमा आयोजना हुने विश्वकपमा पनि नेपाली टोलीले यस्तै गरिमामय सफलता हासिल गरोस भन्ने कामना समेत राखेपले गरेको छ । युएईमा वुधबार भएको खेलमा हङकङलाई हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको थियो ।
 copied by ulyaloonline.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।