Monday, November 11, 2013

आजदेखि सुरुङमार्ग निर्माण कार्य सुरु

हेटौँडा, २५ कात्तिक । हेटौँडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माणको काम आजदेखि सुरु भएको छ। मकवानपुरको भीमफेदीबाट सुरुङमार्ग निर्माणको काम सुरु गरिएको हो । दुईवटा एक्साभेटरले काम सुरु गरेको छ भने अरु एक्साभेटर चुनावपछि थपिने नेपाल पूर्वाधार विकास कम्पनीका सिद्धिलाल श्रेष्ठले बताउनुभयो।

यो सुरुङमार्ग देशकै पहिलो सुरुङमार्ग हो । यसको निर्माणपछि काठमाडौँदेखि हेटौँडासम्म ५६ किलोमिटरको दूरी डेढ घन्टामै पूरा गर्न सकिनेछ। अहिले काठमाडौँबाट हेटौँडा पुग्न त्रिभुवन राजपथबाट १३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २२७ किलोमिटर पर्छ । सुरुङ निर्माण कार्य चार वर्षमा सक्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
hamrokura.com 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।