Sunday, December 1, 2013

अन्तत भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन आबश्यक प्रकृया सुरु

भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थलका लागी टेन्डर आह्वान
कारोबर सम्बाददाता
" सन् २०१७ को जुन २ सम्म योजना सम्पन्न गर्ने "
मनोरञ्जन शर्मा-भैरहवा,१५  मंसिर । अन्तत भैरहवा स्थित गौतमबुद्ध बिमानस्थललाई स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा विकाश गर्नका लागी आबश्यक प्रकृया सुरु भएको छ । सरकारले  बिमानस्थल स्तरउन्नतीका लागी बोलपत्र (टेन्डर) आब्हान गरेपछी भैरहवाको गौतमबुद्ध बिमानस्थल को स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा बिकाश गर्ने कार्य औपचारीक रुपमा सुरु भएको हो ।
अब टेन्डर आह्वान भएको छ,भैरहवाबासीको प्रतिक्षाको घडी समाप्त भएको छ,हामीहरु निर्माण प्रकृयामा
अघि बढयौ, गौतमबुद्ध  बिमानस्थल स्तरउन्नती परीयोजनाका निर्माण आयोजना प्रमुख मुरारी भन्डारीले बताए । बिहीबार टेन्डर(बोलपत्र) आह्वान भएको छ, ११ जनवरी २०१४ सम्म (४५ दिन) भित्र बोलपत्र दाखीला गर्न पाईनेछ र त्यस पछी ऋण उपलब्ध गराएको एशियाली बिकाश बैंक तथा नागरीक उड्यन प्राधिकरणका पदाधिकारीले बिस्तृत छलफल पछी योग्य निर्माणकर्ता (ठेकेदार कम्पनि)को चयन गरी २०१४ को मे सम्म भौतिक निर्माणको काम सुरु गर्ने लक्ष्य लिएका छौ, भन्डारीले भने ।
प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रनवे ,ट्याक्सी वे,अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन,आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरुका लागी टेन्डर आब्हान भएको छ । भौतिक निर्माणको काम सकिए लगत्तै भवन तथा धानमार्गमा जडान गर्न आबश्यक पर्ने बिभिन्न उपकरण,बिद्युतिय सामग्री का लागी दोश्रो प्याकेजमा टेन्डर आब्हान गरीने आयोजना प्रमुख भन्डारीले जनाए ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको बैकल्पिक बिमानस्थलका रुपमा स्तरउन्नती गरीन लागेको प्रस्ताबित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य सन् २०१७ को जुन २ तारीख सम्म सम्पन्न गर्ने लक्ष्य नागरीक उड्यन प्राधिकरणको रहेको छ ।
कारोवार दैनिकबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।