Tuesday, December 3, 2013

नेपाली युवा बिदेशमा यसरी पनि ठगिन्छन्

यूएई / बिशेषगरी नयाँ इस्वी सम्बत आगमनको पुर्व सन्ध्यामा युएइको बरदुबई स्थित अलगुबैबा पार्क (नेपाली चोक ) मा खेलाइने जुवाजन्य खेलमा प्रलोभनबाट सैयौं नेपाली युवा ठगिने गरेका छन् ।
खासगरी बंगाली तथा पठानीहरुले दुइ चार दिनसम्म संचालन गर्ने बिभिन्न खाले जुवाजन्य खेलहरु अन्य बर्षहरुमा झैं यस बर्ष पनि एक केही दिनअघि देखि खेलाउन थालिएको छ । त्यहा खेलाइने खेलहरु मध्ये खाममा चिट्ठा राखेर खेलाइने खेल सबैभन्दा बढी युवाहरु ठगिने जुवा (खेल) हो । त्यस खेल खेलाउनेले  पचासदेखि सयवटा जति खाम राखिएको बिटो देखाउछन्  , जसमा राखिएका नम्बरहरुबाट छानेर खेल्दा अगाडिपट्टि बोर्डमा लेखिएका मध्ये लक्की नम्बर परेमा एउटै नम्बरबाट नम्बर हेरी सय देखि हजार वा दुइ
हजार दिराम भन्दा बढीका मोबाइल सेटहरु पाइने बताइएको हुन्छ ।
खेल कसरी खेलाइन्छ ?
शुरुमा खेल खेल्न चाहनेले सामान्यतया ५ वटा खामको सय दिराम तिर्नुपर्दछ । खाम छानेर निकालेपछि खाम भित्रबाट नम्बर निकालेर खेलाउनेले नै देखाउँछ । यदि तपाईं त्यहा गएर खेल हेरेर मात्र बस्नुभयो तर खेल खेल्नु भएन भने पनि त्यहाँ कोही एउटैले एकैछिनमा तिन चारवटा सम्म मोबाइल सेट पारेर त्यसको सट्टा ४/५ हजार दिराम सम्म लिएर गएका मानिस देख्न सक्नु हुनेछ । अझ बस्नु भयो भने मन ना हो , खेल्ने र हेर्ने मानिसहरुको भिडमा तपाईंको मन पनि लोभिन थाल्छ र खेल खेल्न तम्सिनुहुन्छ । तर जति खेल खेले पनि गोजी रित्तिन्छ तर केही पर्दैन । दुइ चार खेल खेलेपछि तपाइंलाई लोभायाउन पचास-सय दिरामको सामान पारिन पनि सक्छ । खेल नै यस्तो जादुमय तरिकाले  खेलाइन्छ कि आखै अगाडी तपाईं भन्दा अघिल्लो खेल खेल्नेले चिट्टा पारेकै ठाउबाट खाम झिक्दा पनि अपरिचित तपाइंलाई केहि पर्दैन भनौं पर्नेवाला छैन ।
के हुन्छ त रहस्य ?
 भुक्तभोगीका अनुसार त्यहाँ खेल खेल्दा चिट्टा जो कोहीलाई पर्दैन । तपाइँ नाझुक्किए हुन्छ , चिट्ठा तिनलाई मात्र पर्छ जो जुवा खेलाउनेका एजेन्ट हुन्छन् । तर ती एजेन्ट होलान् भन्ने लाग्दै लाग्दैन । एक दुइ दिन बिचार गर्नोस अनि थाहा हुनेछ, चिट्ठा पार्ने मानिसहरु उही हुन्छन ,जो दिनहुँ अरुलाई झुक्याएर पैसा हाल्न आकर्सित गर्नका लागि खेल खेलेको नाटक गरेर पैसा लागी पछि जुवावालालाई फिर्ता गर्ने दलाल हुन्छन् । हातको सिपमा पारङ्गत जुवा अर्थात खेल खेलाउनेले एजेन्टले खेल खेलेको बेला मात्र त्याहाँ देखाइएका लक्की नम्बर हरु निकाल्छ , अरुलाई ति लक्की नम्बर निकाली दिदैन । खेल संचालकका दलालहरु वरपर बसेर नजानिँदो पाराले खेल स्थलमा नियालिरहेका हुन्छन् । यदि मानिस धेरै भएपनि खेल राम्ररी चलेको छैन भने एजेन्टहरुको सक्रियता बढ्छ । झ्याप कि झ्याप मोबाइल परेर खनखनी गन्दै पैसा लागेको रमिता देखेपछी मानिषहरु ओइरिन्छन् ।
दार्जिलिंग घर भइ दुबइको डीआइपी स्थित एउटा कम्पनीको वायर हाउसमा काम गर्ने नेपाली मुलका एक युवाले नाम सार्बजनिक नगर्ने सर्तमा भने – साथीहरुले जाउँ भनेर सुक्रबार बरदुबई गएको थिएँ , मोबाइल र क्यास जित्ने भनी खेलाइएको खेल ठगि मात्र रहेछ , मेरो ५ सय दिराम गयो । अन्य साथीहरुले पनि खेलमा निकै पैसा हारेको उनले बताए । त्यस्ता ठगिने घटनाहरु खेल खेलाउन्जेल दिनहु भैरहन्छन ।
ठगी निरन्तर
हुन त् बंगाली र पठानीहरुले ठग्ने मौका र थलो त्यो मात्र होइन, अलगुबैवा बसपार्कमा सामसुंग ग्यालेक्सी देखि आइफोन र अन्य भिभिन्न ब्रान्डका सक्कली जस्तै देखिने नक्कली चाइनिज मोबाइल बेच्न सधै बसिरहेका हुन्छन । अलि सोझा सिधा युवा धेख्नै हुन्न , तिनले मख्ख पारेर पचास सयमा पाउने मोबाइल पाँच सयदेखि हजार वा सो भन्दा बढी दिराम लिएर फसाउछन् । अरु त के कुरा, त्यास्ता मोबाइल मध्ये धेरैमा सिमकार्ड सम्म पनि चल्दैन । यस्ता ठगहरुबाट पनि बर्षमा सयौं नेपाली युवा ठगीमा परिरहेका हुन्छन् ।  युएइका अलि दुर्गम ठाउँहरुतिर ट बंगाली र पठानीहरुले नेपाली युवालाई लुट्न पनि पछि पर्दैनन भन्ने बेला बेला सुनिन्छ । पोखरातिर घर भएका एक युवाले केही समयअघि जाबेल अलि स्थित पारको गएका बेला आफु पैदल हिड्दै गर्दा एक पठानीले फकाउँदै ट्याक्सीमा चढाएर लैजान धेरैबेर पछ्याएको र आफु मुस्किलले भाग्न सफल भएको बताए । त्यसरी पछ्याउनुको खास कारण आफुलाई थाहा नभएको उनले बताए ।
- See more at: 
copied  by   samyantra.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।