Monday, October 20, 2014

नेपाल प्रहरीको अर्को कर्तुत ,,,,,

नक्कली नोट बेच्ने गिरोहको नाइके नै प्रहरी हबलदार
मनिका झा |
२०७१ कार्तिक २ आईतवार

जनकपुरधाम : नक्कली नोट बेच्ने  गिरोहको नाइके नै प्रहरी  हबलदार नै रहेको खुलासा भएको छ। नेपाली रु पैयाँको नक्कली नोट बेच्ने कार्यमा संलग्न भएको आरोपमा धनुषा प्रहरीले एक प्रहरी हबलदारसहित चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुर अञ्चल प्रहरी कार्यालयका हबलदार ३५ वर्षीय सञ्जय झा र सोही कार्यालयमा कार्यरत
प्रहरी जवान २५ वर्षीय राजेशकुमार सिंह, कैलाली टीकापुर ४ का २५ वर्षीय पूर्णचन्द्र चौधरी, सर्लाही डुमरिया ३ का ३० वर्षीय मृत्युन्जयकुमार सिंह र सर्लाही मलंगवा ४ का ६० वर्षीय हैदर मन्सुरी रहेका छन्।

सक्कली रुपैयाँको तीन गुणा नक्कली रुपैयाँ उपलब्ध गराउने भन्दै उनीहरूले तराईका विभिन्न जिल्लामा ठगी कार्य गरिरहेको अवस्थामा गोप्य सुराकीको आधारमा धनुषाबाट पक्राउ परेको एसपी गणेश थापाले बताए।

जनकपुरकै एक होटेलमा बसेर पूर्णचन्द्र, मृत्युन्जय र हैदरले नक्कली रु पैयाँ दिएर सर्वसाधारणलाई ठगिरहेको अवस्थामा पक्राउ गर्न गएको बेला प्रहरी हबलदार झा र जवान सिंहले उनीहरूलाई उम्काउन सहयोग गरेको थापाले बताए।

उनीहरूबाट नगद ११ लाख ९२ हजार, बा २४ प ८७९४ नम्बरको एक थान मोटरसाइकल, ६ थान मोबाइल, केमिकल र मिसावट गर्ने औषधि, एक थान राहदानी र दुई थान नागरिकता बरामद भएको थापाले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमै उनीहरूलाई सार्वजनिक गर्दै बताए। प्रहरी हबलदार झा र जवान सिंहलाई तत्काल निलम्बन गरी सबैविरुद्ध ठगीसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।

यसैबीच गत असोज २५ गते जनकपुरस्थित द इन्टरनेसनल लिगल फाउन्डेसन शाखा कार्यालयबाट चोरी भएको बा ३९ प ९०९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले फेला पारेको छ। चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरी कार्यमा संलग्न आरोपमा जनकपुर ४ का अजयकुमार साह, महोत्तरी डाम्ही ९ का सोनुकुमार मण्डल र सर्लाही हरिपूर्वा ६ का सुबोध साहलाई पक्राउ गरी प्रहरीले आइतबारै साँझ सार्वजनिक गरेका छन्।
-साभार ,,,,,,,,,,annapurnapost.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।