Monday, October 6, 2014

भक्तपूरको सडक दुरघटनाका घाइतेलाई अब सडकमै प्राथमिक उपचार

भक्तपुर: नेपाल रेडक्रस सोसाइटी भक्तपुरले अत्यधिक दुर्घटना हुने जडिबुटीदेखि साँगासम्मको सडकमा प्राथमिक उपचारक टोली परिचालन गर्ने भएको छ। अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर सडक खण्डमा पर्ने सोे सडकमा अत्यधिक रूपमा दुर्घटनामा वृद्धि भएपछि सो काम गर्न लागिएको हो। रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले दुर्घटनामा परेका घाइतेको उद्धारका लागि सडकमा प्राथमिक उपचारका सामग्रीसहित दक्ष जनशक्तिसहित छ कक्ष स्थापना गर्न लागिएको जानकारी दिए।
 
‘प्राथमिक उपचार तथा सडक सुरक्षा' नाम दिएर सञ्‍चालन गरिने कक्षका लागि कम्तीमा पनि प्राथमिक उपचार गर्नसक्ने एक सय दक्ष जनशक्ति परिचालन गरिने छ।  सभापति थापाले भने, 'साँगादेखि जडिबुटीसम्मको सडक खण्डमा अत्यधिक दुर्घटना बढ्यो, त्यसैले दुर्घटना भएलगत्तै तालिमप्राप्त परिचयपत्रसहितको टोली प्राथमिक उपचारका सामग्री लिएर घटनास्थल पुगी प्राथमिक उपचार दिने छन्।'
 
सो लागि रेडक्रसले तालिम दिन सुरु गरेको छ। सो सडक खण्डअन्तर्गत रहेका एक सय स्थानीय बासिन्दा, नेपाली सेनाका २० सैनिक, २० ट्राफिक प्रहरी,  ३३  विद्यालयका प्रति विद्यालय २४ जनाका दरले विद्यार्थी र रेडक्रस उपशाखाका पदाधिकारीलाई प्राथमिक उपचार गर्नसक्ने गरी तालिम दिइने छ।
 
तालिम सम्पन्न भएलगत्तै छ स्थानमा दुर्घटनाका घाइतेको प्राथमिक उपचार गरिने छ। एम्बुलेन्स र सार्वजनिक सवारी चालकलाई पनि तालिम दिने जनाइएको छ।
copied   by  annapurnapost

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।