Saturday, September 5, 2015

अव असोज देखि पशुपतिमा लास मेसिनले जलाउने

आर्यघाटमा विद्युतीय शवगृहमा पहिलोपटक जलेका यी शव कसका हुन् ?
काठमाण्डु, १८ भदौ-पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाहगृहमा बेवारिसे शव जलाएर परीक्षणका रुपमा दाहसंस्कार गरेको छ ।

कोषले वि.सं २०६८ मङ्सिरमा निर्माण गरेको शवदाहगृह अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु गरिएको हो । परीक्षणबाट शवदाहगृह सफल भएको कोषले जनाएको छ । इलाका प्रहरी कार्यालय गजुरीले गत साउन ४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको एक बेवारिसे शव शुक्रबार परीक्षणस्वरुप दाहसंस्कार गरिएको हो ।

गृहमा जडान गरिएको एउटा यन्त्रमा बिहीबार बेलुकी शवदाह परीक्षण पहिलोपटक गरिएको थियो । अर्को यन्त्रमा शुक्रबार शवदाह परीक्षण गरिएको हो । पहिलो र दोस्रो शवदाह परीक्षणबाट विद्युतीय शवदाह प्रक्रिया वातावरणमैत्री पाइएको शवदाह कार्यमा संलग्न कोषका विद्युतीय प्राविधिक (इलेक्ट्रिसियन) नरबहादुर पुरीले बताए ।

शवदाहगृहको तल्लो तलामा १६ शव राख्न मिल्ने फ्रिजसमेत व्यवस्था गरिएको छ । आउँदो असोज १ देखि सञ्चालनमा ल्याइने सो शवदाह गृहमा हिजो ‘गोर्खा भूकम्प’ का क्रममा निधन भएका एक बेवारिस शव जलाइएको थियो । भक्तपुर निवासी ती मृतकको शव गत वैशाखदेखि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो ।
सो शवदाह गृह निर्माण गर्न ११ करोड खर्च भएको कोषले जनाएको छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।