Monday, April 11, 2016

अनुदानबारे भूकम्प पीडितका ४ अप्ठेरामा यस्ता छन् प्राधिकरणको निर्णय

---एकल यात्री दोलखाको ---
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्ननिर्माणका लागि अनुदान वितरणलाई सजिलो तुल्याएको छ। दोलखाबाट सुरु भएको अनुदान वितरणमा व्यवहारिक कठिनाई देखिएपछि प्राधिकरण सुल्झाउनतर्फ केन्द्रीत भएको हो।

प्राधिकरणको निर्देशक समितिको आइतबार बसेको बैठक अप्ठेराहरुलाई फुकाउँदै अनुदान वितरणका लागि घर निर्माण सम्झौता गर्ने निर्णय गरेको हो। लालपूर्जा नभएका भूकम्प पीडित, घर भत्किए लगत्तै नयाँ संरचना निर्माण गर्नेले अनुदान पाउने कि नपाउने भन्ने अन्यौलता उत्पन्न भएपछि प्राधिकरणले त्यसलाई सुल्झाएको हो।
अप्ठेरो : लालपूर्जा नहुने भूकम्प पीडितले अनुदान पाउने कि नपाउने?

निर्देशक समितिको निर्णय -  २०७२ साल वैशाख १२ अगावै सम्बन्धित मालपोत कार्यालयमा अंशवण्डा कागज पारित गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराइनेछ। तर, अंशवण्डा कागज अड्डाबाट पारित नगरेको भएता पनि २०७२ साल वैशाख १२ गते अगावै मानो छुटिई छुट्टै घर बनाई बसेको रहेछ र केन्द्रीय तथ्यांक विभागद्वारा संकलित तथ्यांकमा परेको र छुट्टिभिन्न भई अलग अलग घर बसोबास गरेको अवस्थामा स्थानीय गाविस/ नगरपालिकाका प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सर्जिमिनको आधारमा शर्त तोकी पुष्टि भएमा त्यस्तो भूकम्प प्रभावित व्यक्तिलाई समेत छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराउने।

अप्ठेरो : निधन भएका वुवा/आमाको नाममा लालपूर्जा छोरा/छोरी भूकम्प पीडित अनुदान के हुन्छ?

निर्देशक समितिको निर्णय - साबिक जग्गाधनीको मृत्यु भइ हकवालामा नामसारी हुन बाँकी रहेको अवस्थामा मृतकको हकवालाहरुको संयुक्त वा निजहरुको मञ्जुरीमा हकवाला मध्ये सम्बन्धित निकायमा मृत्यु दर्ताको प्रमाणपत्र पेश गरी सम्पर्क गर्न आएमा एक जनाको नाममा अनुदान दिन सक्ने।

अप्ठेरो : भत्किए लगत्तै भूकम्प प्रतिरोधी घर बनाउनेले अनुदान पाउने कि नपाउने?

निर्देशक समतिको निर्णय : केन्द्रीय तथ्यांक विभागद्वारा संकलित भूकम्प प्रभावित लगत कार्यक्रम अन्तर्गत संकलन गरिएको तथ्यांकमा नाम समावेश भएका तर अनुदान सम्झौता हुनु अगावै घरधनी स्वयंले घर निर्माण कार्य प्रराम्भ गरिसकेका घरधनी लाभग्राहीको हकमा निर्मित वा निर्माणाधिन उक्त घर तोकेका प्राविधिकहरुले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भएमा अनुदान उपलब्ध गराउन सकिने।

अप्ठेरो : अनुदानबारेका अप्ठेरा र गुनासा सुन्ने कोही भएन?
निर्देशक समतिको निर्णय : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणबारे जानकारी दिन नोटिस बोर्ड सुरु गरेको छ। पैसा नलाग्ने टोल फ्रि १६१८०१४२११४६५ नम्बरमा डायल गरेपछि निजी आवास पुनर्निर्माण अनुदान सम्बन्धी जानकारी पाउन सकिनेछ।
-source ..pahilopost.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।