Wednesday, May 11, 2016

दोलखा मैं बन्छ फ़िल्म सीटी सञ्चारमन्त्री राई

May /10/ 2016
शम्भु गौतम /
दोलखा, वैशाख २८ । केही समयदेखि विवाद र अन्योलमा रहेको फिल्म सिटी निर्माणको बारेमा स्पष्ट पार्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दोलखामै बन्ने बताएर स्थानीयवासीलाई आस्वस्त बनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ दोलखाको अधिवेशनलाई सम्बोधन गर्न दोलखा आएका मन्त्री राईले फिल्म सिटी निर्माणस्थल नजिकैको खरिढुङ्गाका जनतासँग फिल्म सिटी दोलखामै बन्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखामा फिल्म सिटी बन्न सक्दैन भन्ने अभिव्यक्ति दिएपछि अन्योल र विवाद सिर्जना भएको थियो । तर अहिले फिल्म सिटी दोलखामै बन्नेबारेको तिनै प्रधानमन्त्रीको सन्देश लिएर आएको मन्त्री राईले बताए । फिल्म सिटी दोलखामा नबन्ने प्रधानमन्त्री अभिव्यक्तिपछि दोलखावासीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई गृहजिल्लामै कालो झण्डासमेत देखाएका थिए ।
फिल्म सिटीबारे के भैरहेको छ भन्ने जिज्ञासा लिएर बसेका खरिढुंगाका जनतासँग मन्त्री राईले दोलखामै फिल्म सिटी निर्माणको कामलाई अगाडि बढाउने निर्देश प्रधानमन्त्रीबाट पाएको बताए । ‘त्यसपछि मैले सम्बन्धित निकाय,लाई आवश्यक निर्देशन गरेर त्यही सन्देश बोकेर दोलखा आएको छु ।’ उनले अगाडि भने, ‘अर्थतन्त्र निर्माणको, मुलुक निर्माणको र समग्र विकासको लक्ष्यसँग फिल्म सिटी निर्माणलाई जोडेर लैजान चाहन्छौँ । तपाईँहरु ढुक्क हुनुहोस्, अब काम अगाडि बढ्छ ।’ तर उनले कहिलेदेखि काम सुरु हुने र कहिलेसम्म सम्पन्न हुने भन्नेबारे भने केही बताएनन् ।
दोलखाको लाकुरीडाँडा गाविसस्थित डाङडुङे डाँडामा फिल्म सिटी निर्माणको प्रक्रिया अगाडि बढेको छ । दादार र सेतीदेवी सामुदायिक वन अन्तर्गत पर्ने १५ सय रोपनी जग्गा प्राप्तिको प्रक्रिया समेत अगाडि बढेको छ । वातावरणीय प्रभाव मूल्यांकन समेत भैसकेको छ भने राष्ट्रिय योजना आयोगबाट फिल्म सिटीलाई राष्ट्रिय प्राथमिकतामा पनि राखेको छ ।
दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माणका लागि अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फिल्म सिटी निर्माणको प्रक्रिया असाध्यै ढिला भएको र पटकपटक विवादमा परेकोप्रति चिन्ता व्यक्त गरे । उनले फिल्म सिटी निर्माणको लागि छुट्टै स्वायत्त कम्पनी बनाएर अघि बढेमा मात्रै सम्भव हुने बताए
सरल पत्रिका वाट साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।