Thursday, July 20, 2017

तपाइको मोवाइमा स्टोरेज फूल भएर हैरान हुनु भएको छ ? खाली गर्ने तरिका सिक्नुहोस्

Thursday, 20 Jul, 2017
मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुुँदा समस्याबाट मुक्ति मिल्छ :
१. इंस्टाग्राम राखेको फोटो मोबाइल मेमोरीमा स्टोरेज हुन्छ । यस्ता फोटाले मेमोरीको धेरै स्पेस ओगट्छ । त्यसैले इंस्टाग्राममा राखेको फोटो स्टोरेजबाट डिलेट गरिदिनुहोस् ।
२. थर्ड पार्टी एप्सले पनि मोबाइलको मेमोरी खाने र मोबाइललाई स्लो बनाउने गर्छ । यस्ता सबै एप्स डिलेट गर्नुहोस् । यसमा क्यामेरा एप्स पनि पर्छ जसको काम निकै कम हुन्छ तर, फोनको निकै धेरै स्पेस खान्छ ।
३. म्युजिक स्ट्रिमिङ एप्स प्रयोग गरेर तपाईं आफूलाई मन परेको गीत तथा भिडियो सेकेण्ड भरमै सुन्न तथा देख्न सक्नुहुन्छ । तर, यो एप्स फोनमा डाउनलोड गर्नुपर्ने जरुरी हुँदैन । यसो गर्दा मोबाइलमा धेरै गीत तथा भिडियो स्टोर हुनबाट स्पेस जोगिन्छ ।
४. पुराना म्यासेजले पनि मोबाइलको मेमोरी स्पेस खाइरहेको हुन्छ । ‘डिलेट अल थ्रेड्स’ अप्सनमा गएर पुराना म्यासेजहरु डिलेट गर्नुहोस् । यहाँबाट एकै साथ सबै पुराना म्यासेज डिलेट गर्न सकिन्छ ।
५. कतिपय एप्स मोबाइलमा आवश्यक पर्दैन तर, रहिरहेको हुन्छ । यस्ता एप्स पनि डिलेट गर्नुहोस् । यसले फोनको मेमोरी स्पेस खाने गर्छ ।
६. क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने ब्राउजरको क्यास, डाटा र हिस्ट्री डिलेट गर्नुहोस् ।
७. मोबाइलको इन्टरनल स्टोरेज क्लिन गर्नुहोस् । यसका लागि सबै फाइललाई माइक्रोएसडी कार्डमा मुभ गर्नुहोस् ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।