Monday, December 3, 2018

मैले महसुस गरेको त्यो बेलाको कालिन्चोक र अहिलेको !

त्यो जवानामा घर देखी हीडेर हप्ता  दिनसम्म (जान आउन) र सदरमुकाम चरिकोट देखी एक दिन जान एक दिन फर्कन लाग्थ्यो । पाटी (तस्वीरको)मा रात भर जाडोळे काठ्यांग्रीएर अघिल्लो दिन देखी ब्रत बसेर  कालिन्चोक भगवतीको दर्शन गर्दाको कालीन्चोक भगवतीको महत्व अनि  बिषेसता निक्कै मूल्यवान  लाग्थ्यो  । कुनै पनि वस्तूको  दुर्लभता नै मूल्यवान हुन्छ त्यो सर्वबिविध नै कुरा हो । अर्को भासामा भन्नु पर्दा तीर्थ गर्न अलिक कष्ट गरीनू तिर्थको बिषेसता नै हो । अनि त्यस बखत कालिन्चोकको दर्शन गरेर फर्कदा भाकल पुरा गरियो तथा ठुलो धर्म गरियो भनेर मनमा शान्ती मिल्दथ्यो । सकारात्मक भावना मनमा आफै पैदा हुन्थ्यो तसर्थ कालीन्चोक भगवतीको महत्व  ठुलो लाग्दथ्यो ।   
      हुन त आजको कालीन्चोक दर्शन प्रतिको सुलभतालाई  खण्डन र आलोचना गरीएको  होईन ।  धर्म र बिलासीता फरक विषय हो र फरक अनुभूती हो । त्याग र तपस्या धर्मको  बिषेसता हुन्छ भने त्यहाँ  विलासीता जोडीदा धर्म प्रतिको महत्व घट्छ । अझ अर्को बिषय जोडेर  प्रस्ट पार्न चाहन्छु !  कुरी बजार  पछील्लो समयमा आएर  भक्तजनको बास स्थानको रुपमा मात्र सीमित रहेन, कालिन्चोक यात्राको क्रममा यो बिलासीता तथा मनोरन्जनको  गन्तब्यको रुपमा स्थापित अनि परिचित हुदै आएको सवैमा जनकारी नै छ  । जीरो स्टार देखी  तारे होटलसम्मको  सुबिधा सम्पन्न हालको  कुरी बजार कतीपय अबिवाहित जोडीहरुको निम्ती  तिर्थको  नाममा  रात बिताऊने प्रमुख गन्तब्यको रुपमा समेत स्थापित बनेको आंकलन गर्न सकीन्छ । बेलुका गएर कुरी बजारमा बास बसेर रातभर मदिराळे लठ्ठीएर हिंदि, पप र ऱ्यप गीतमा उफ्रिएर बिहान झिसमिस मैं ह्यांग भएको ज्यान र मदिरा गनाऊने  मुख लिएर मन्दिरमा पूजा गर्न केवलकार  चढेर  छिन भरमा मन्दिर  पुग्छन्  अनि  बिधीवत रुपमा हो या फर्मालिटी पुरा गरेको मात्र हो त्यो आफैलाई  महसुस हुन्न र सेल्फी खिच्दै फर्कने प्रविर्ती बढेको देखीन्छ । मतलव हिन्दू मन्दिरमा पूजा गर्दा गरीने बिधी र प्रचलन नै हराएको झै लाग्छ । 
      मेरो यो लेख केवलकार र कुरिको स्टार होटेल सुबिधा प्रती  टिप्पणी तथा आलोचनाको रुपमा पनि नबूझिदिनू होला  र  कालिन्चोक दर्शन गर्न जाने सम्पूर्ण  भक्तजन प्रतिको नकारात्मक टिप्पणी झन होईन ! कतीपय  कालिन्चोक भगवतीको दर्शन गर्न जाने तर कालिन्चोकको यात्रा सीद्राको  ब्यापार  उखान नै सावीत गर्नेहरुको निम्ती सजगता हो । अहिले जती सुबिधा बनाइएको छ , त्यसको साथ साथै  मन्दिर प्रतिको अस्तित्व र आस्था जोगाउन सम्बन्धित निकायले गम्भीर हुन जरुरी देखीयो ।  जस्तै कुरी बजारमा मदिरा पूर्ण रुपमा निषेध र बिवाहित जोडी हो या होईन र  पहिचान गरेर हो भने  मात्र एकै रूममा बास दिने अनि कुरिमा बास बस्नेहरुळे अरु गीत पूर्ण निषेध गरेर भजन किर्तनमा मात्र रम्न पर्ने बातवरण निश्चित गरीनु पर्यो । बल्ल कालिन्चोक भगवतीको अस्तीत्व  जोगीने कुरा मैले महसुस गरेको छु । कालिन्चोक धार्मिक र पर्यटकीय क्षेत्र समेतको महत्त्वले चिनीएको भएता पनि मनोरंजन तथा बिलासीताको  कुरालाई मात्र जोड नदीएर धार्मिक महत्वलाई उजागरण गरीनू बुद्दीजीवी वर्गको निम्ती  गम्भीर  बिषय हो । 
यो मेरो विचार प्रति सहमत हुनुहून्छ भने यो पोस्टलाई धेरै भन्दा धेरै शेर गरिदिनू होला । 
ईश्वर खडका बिगु ४  लादुक दोलखा । 
-------------
यो मेरो भजन गायन  पनि हेरेर प्रतिक्रिया दिनूहोला ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।