Monday, March 20, 2017

नयाँ पालिका घोषणाले दोलखाको क्षेत्रफल बढ्यो, जनसंख्या घट्यो

दोलखाको सेरोफेरो,
  चैत्र ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि भएको पाइएको छ ।

           तत्कालीन दोलखा जिल्लाको क्षेत्रफल २१ सय ९१ वर्गकिलोमिटर रहेकोमा गत फागुन २७ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार जिल्लाको क्षेत्रफल २२ सय ६९ दशमलब ५ वर्गकिलोमिटर पुगेको हो । तत्कालीन दोलखा जिल्लाको क्षेत्रफलभन्दा राजपत्रमा प्रकाशित सूचनाअनुसार ७८ दशमलब ५ वर्गकिलोमिटरले बढी हो । बढेको क्षेत्रफललाई सामान्य नागरिकहरुको भाषामा भन्दा १ लाख ५४ हजार ३ सय १८ रोपनी हुन आउँछ ।
           हाल वृद्धि भएको दोलखाको कूल क्षेत्रफल नयाँ घोषणा गरिएको वैत्यश्वर गाउँपालिकाभन्दा १ दशमलब ९१ बर्गकिलोमिटरले कम हो भने अर्को मेलुङ गाउँपालिकाभन्दा ८ दशमलब ०४ बर्गकिलोमिटरले कम हो । राजपत्रअनुसार वैत्यश्वर र मेलुङ गाउँपालिकाको क्षेत्रफल क्रमशः ८० दशमलब ४१ र ८६ दशमलब ५४ वर्गकिलोमिटर रहेको छ ।
         जिल्ला समन्यव समिति दोलखाको बरिष्ठ कार्यक्रम अधिकृत विक्रम कार्कीले नापी विभागले दिएको क्षेत्रफलअनुसार प्रत्येक गाविसको जोडेर प्राविधिक समितिले सिफारिस गरेको तथ्याङ्क तलमाथि भएर राजपत्रमा प्रकाशित भएको पाइयो, छानविन गरेर सच्याउन पहल गर्ने बताए । राजपत्रअनुसार जिरी नगरपालिकाको क्षेत्रफल २११ दशमलब २७, भीमेश्वर नगरपालिकाको क्षेत्रफल १३२ दशमलब ५०, कालिञ्चोक गाउँपालिकाको क्षेत्रफल १३२ दशमलब ४९, गौरीशंकर गाउँपालिकाको क्षेत्रफल ६८१ दशमलब ३९, तामाकोशी गाउँपालिकाको १५३ दशमलब ०६, विगु गाउँपालिकाको ६६३ दशमलब र शैलुङ गाउँपालिकाको १२८ दशमलब ६७ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ ।
         २०६८ को जनगणनाअनुसार तत्कालीन दोलखाको जिल्लाको जनसंख्याभन्दा राजपत्रमा प्रकाशित सूचनाअनुसार २ हजार ६३ जनाले कमी छ । जिल्ला समन्वय समिति दोलखाको तथ्याङ्कअनुसार दोलखाको जनसंख्या वृद्धिदर ० दशमलब ९९ प्रतिशत रहेको छ ।
( रबिन्द्र गौतमको ब्लग (अभयपुर )
वाट साभार )

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।