Thursday, October 21, 2010

दोलखा सिंगटी सडक यात्रा गर्न कष्ठपूर्ण सडक निर्माण ठेकेदार कम्पनीको लापरबाहीले

दोलखा, कार्तिक ३ - सडक निर्माण ठेकेदार कम्पनीको लापरबाहीले दोलखा सिंगटी सडक यात्रा गर्न कष्ठपूर्ण भएको छ । ३५ किलोमिटर सडक दशैं अघि नै सव बसको काम सकाउनु पर्नेमा अझै नसकाउदा दशैंमा घर गएका सर्वसाधरण फर्कने र राजधानी र सदमुकामबाट गाउँतर्फ टिका थाप्न जाने सर्वसाधरण बाटो बिग्रेको कारण घण्टौ सडकमा फसेर बस्नु पर्ने बाध्यता छ ।



हिलोमा गाडी फसेर केही ठाउमा डोजरको व्यवस्था भएपनि धेरै ठाउँमा बसमा यात्रा गर्ने यात्रीले ठेल्नु परेको बाबरेका रमेश पाण्डेले बताए । 'ठेकेदारको लापरबाही हामी यात्रुले खेप्नु परेको छ, कटुवाचौरमा डोजरको व्यवस्था भएपनि अन्यत्र छैन,' उनले भने-'बसका सबै यात्रु ओलेर ठेल्दै गाडी निकाल्नु पर्‍यो ।' सिंगटीदेखि सित्का सम्म सहजै यात्रा भएपनि त्यसदेखि दोलखा डाँडासम्म कष्टपूर्ण यात्रा गर्नु पर्ने उनले बताए । सबै भन्दा बढी सुनखानी गाबिस क्षेत्रको सडक बिग्रेको छ ।
 सडक कच्ची भए पनि दशक अघिदेखि सवारी साधन चलिरहेको अवस्थामा यस वर्ष सडकको स्तर बृद्धि  गर्ने सुरु भएको हो । स्तर बृद्धिको क्रममा ठेकेदारले सजगता नअपनाउदा यस्तो अवस्था आएको स्थानीयको आरोप छ । जिल्लाका उत्तरी २० गाविसका बासिन्दा र पर्यटक यही सडक हुदै ओहोरदोहोर गर्छन् ।
दोलखाको उत्तरी बजार सिंगटी हुँदै माथिल्लो तामाकोसी जलविद्युत आयोजनास्थल जोड्ने उक्त सडकमा ठूला तथा गरुङगा मालवाहक सवारी साधन चलाउन  छ मिटर चौडा पार्ने र सव वेश गर्न लागेको हो । यो मार्ग हुदै पर्यटकहरु गौरीशंकर, लामाबगर, च्छोरोल्पा हिमताल लगायतको स्थानमा जाने गर्छन् । सडक चौडा ठूलो पार्न र सव बेस गर्न दोलखा बजारदेखि करिब ३५ किलोमिटर सडकमा विभिन्न निर्माणकर्ताहरूले काम जारी राखेका छन् । सडक हिलाम्मे भएको छ । सडकमा अरनिको यातायात सेवा समिति र रोल्वालिङ यातायातले गाडी सञ्चालन गरेको छ । बाटैको बिग्रेकै कारण दुवै समितिले दशैमा घर गएका यात्रु ओसार्न खासै चासो दिएकोले पर्याप्त बसको व्यवस्था छैन । सडक बिग्रिएपछि ३५ किलोमिटर यात्रा गर्न आठ घण्टा सम्म लाग्ने गरेको छ । रातको समयमा गाडी फसे सडकमै बास बस्नु पर्ने बाध्यता रहेको छ । निर्माणकर्ताले सडक निर्माण र पुल बनाउन ढिलाइ गर्दा यस वर्ष वर्षायाममा मोटर चल्न सकेको थिएन । 'सडकको केही स्थानमा वर्षा भयो की डोजरले सवारी साधन तानेर पार लगाउनुपर्छ,' सुनखानी कटुवाचौरका देवराज सिवाकोटीले भने-'एक किलोमिटर सडकमा एक करोड खर्च गरिसक्यो, बाटो जस्ताको तस्तै छ ।' सडकमा स्थानीयहरुले सडकमा पानी हालिदिएर यातायात अबरुद्ध पार्ने गरेको आरोप छ ।
सडकको काम छिटो सकाउन प्याकेज ए,  वी र सी गरी फरक-फरक ठेकेदारले काम गर्दै आएका छन् । सडक निर्माण कर्ताको अनुसार वर्षातले सयौं स्थानमा पहिरो गएकाले स्तरबृद्धिको कार्य अझै ६ महिना लाग्ने जनाएको छ ।
कान्तिपुर दैनिक

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।