रमेश खतिवडा, दोलखा, कात्तिक ५- जिल्लाका उत्तरी बाबरे र खोपाचागु गाउँमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रोगबाट सबैभन्दा बढी प्रभावित बनेको बाबरे गाविसको वडा नं १ र २ मा झाडा पखाला आज (शुक्रबार) बिहान ९३० बजेबाट पूरै नियन्त्रणमा लिइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर हेल्थ असिस्टेन श्रीकृष्ण प्रजापतिले जानकारी दिए।
"बिहान साढे नौ बजे सम्ममा गाउँका सबैको उपचार गरि सकिएको छ, झाडापखाला पूरै नियन्त्रणमा आइसकेको छ" प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्य टोलीलाई उद्धृत गर्दै प्रजापतिले जानकारी दिए ।
बुधबार झाडा पखाला प्रभावित क्षेत्र बाबरेमा जिल्ला स्वास्थ्य कार्यालयले डा. दिनेश शिवाकोटी सहितको स्वास्थ्कर्मीहरुको टोली पठाएको थियो । टोलीले शुक्रबार बिहान सम्ममा ६५ जनाको उपचार गरेको छ । प्रजापतीका अनुसार टोलीले घरघरमा गएर बिरामीलाई जिवनजल, औषधी खुवाएको छ भने २ जनाकोस्लाईन पानी दिईएर गाउँमै उपचार भईरहेको छ । बाकीँ केहीको थप उपचार गरेर स्वास्थ्य टोली शनिबार सदरमुकाम फर्किने सवस्थ्य कार्यालयले जनाएको छ । झाडा पखालाबाट गत सोमबार र मंगलबार गरी बाबरेमा एक जना र खोपाचागुमा एक जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालयले दुई सय वटा स्लाईन पानी, जिवन जल र औषधी सहित स्वास्थ्य कर्मीको टोली बुधबार त्यस तर्फ पठाएको थियो । उता खोपाचागुको झाडा पखाला समेत बिहिबारबाटै नियन्त्रणमा आईसकेको छ । खोपाचागुमा पुगेको स्वास्थ्य टोलीले बिहिबार सम्म ४५ जना बिरामीको उपचार गरेको थियो । स्वास्थ्य टोलीले त्यहाँ ५ जनालाई स्लाईन पानीबाट उपचार गराईरहेको छ । टोलीले विगु गाविसको अम्माडोल गाउँका ४ जना झाडा पखालाका बिरामीको समेत उपचार गरेको थियो ।
यता गाउँमा उपचार नपाएर सोमबार छ। बजार झरेका बाबरेका १७ जना बिरामी मध्ये १५ जना उपचार पछि घर फर्केका छन भने २ जनाको स्लाइन पानीद्धारा उपचार भइरहेको छ । सिगँटीमा समेत सदरमुकामबाट गएको टोलीले नै उनीहरुको उपचार गरीरहेको
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार प्रकोप प्रभावित दुवै क्षेत्रमा गरेर शुक्रबार बिहान सम्म १२७ जना बिरामीको उपचार भएको छ ।
नागरिक न्युज

No comments:
Post a Comment