रमेश खतिवडा, दोलखा, कात्तिक ११- दोलखाको सिङ्गटीबाट सामान लिएर जाँदै गरेको ट्याक्टर लादुक गाविस-९ गसेरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ब्रेक फेल भएकाले ट्याक्टर सडकबाट ५० फिट तल खसेको थियो। ट्याक्टरमा रहेका अन्य ५ जना घाइते भएका छन्। जसमध्ये ३ को अवस्था गम्भीर छ।
मृत्यु हुनेमा लामाबगर गाविस-७ की ४५ वर्षीय वाङ्दी शर्पा, लादुक गाविस-८ का ४५ वर्षीय छत्रबहादुर तामाङ र बुलुङ गाविस-१ का २३ वर्षीय आङदोल लामा छन्। गम्भीर घाइतेहरुलाई सदरमुकाम चरिकोट ल्याइँदै गरेको जानकारी दोलखा प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।चालक फरार छन्। मृतकमध्ये छत्रबहादुर ट्याक्टर धनी हुन।
नागरिक न्युज
No comments:
Post a Comment