दिलीप पौडेल, बाग्लुङ, जेठ २१- उनी बाल्यकालदेखि नै आँटिला थिए। केही काममा लाग्यो भने पछाडि नहट्ने हठी स्वभाव थियो। त्यही आँटीलो स्वभावले अहिले उनलाई बेलायती सेनाले प्रदान गर्ने दोस्रो ठूलो पदवि हात लाग्यो।
बेलायती सेनाका नेपाली कर्पोरल म्याग्दी बीम-४का दीप प्रसाद पुनले पाएको पुरस्कारले मुलुकको शिर उचो पारेको छ। पुनलाई जन्म दिने बाबुआमामा खुसीको सीमा छैन। 'रानीबाट मेडल पाएँ, फोटा खिचेँ भन्दै फोन गर्यो ' पुनका बाबु पूर्ण बहादुरले फुरुङ्ग हुँदै्,' पहिला मरेर बाँचे भन्थ्यो, अहिले त्यसैको फल पाएछ।'
'लागेको काममा दिलोज्यान दिने उनको स्वभाव नै हो,' खुसी साट्दै पुनले भने,' मेरोमात्र नभएर मुलुकै शिर उच्चो बनाएको छ ।'
बेलायती सेनामा कार्यरत पुनले महारानी एलिजावेथ द्वितीयाबाट वीरतासम्बन्धी बेलायती सेनाको दोस्रो ठूलो पदक कन्स्पिस्युअस ग्यालन्ट्री क्रस अवार्ड पाएका हुन्। पूर्ण बहादुरको परिवारलाई अहिले नेपालमा खुसी साट्न भ्याई नभ्याई छ। 'छोराले टिभीमा मेडल थापेको देख्दा खुसीको सीमै रहेन,' आमा लालमतिले भनिन्,'महान छोरा पाइछ्स् भन्दै सबैले बधाई दिए।'
म्याग्दीको किसानी माविबाट एसएलसी उत्तिर्ण पुन २० वर्षको उमेरमा सन् २०००मा भर्ती भएका थिए। यो अवार्ड बहादुरी साथ लड्ने सेनालाई प्रदान गर्न सन् १९९३मा स्थापित भएको थियो। यो पदवी पाउने पुन पहिलो नेपाली हुन्।
उनी बोस्निया र कोसोभोमा खटिएका थिए। उनले अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लामा तालिबान लडाकुसँग सेप्टेम्वर १७,२०१०मा एक्लै लडेर चौकी जोगाएका थिए। पुनका बाबु भारतीय सेनाका लाहुरे हुन् भने हजुर बाबु भने बेलायती सेनामा काम गरेका थिए।
उनी विद्यालयका मध्यम विद्यार्थी हुन्। 'पढाईमा मझौला भएपनि निकै अनुशासित र मिलनसार थियो,' किसानी उच्च मावि विमका प्राचार्य जंग बहादुर सेर्वुजाले भने,'भलिवल प्रतियोगितामा सँधै विजयी हुन्थ्यो।'
भर्ती हुँदा पहिलो पटक दौडबाट बाहिरिएका पुन हरेश नखाई दोस्रो पटक प्रतिस्पर्धामा उत्रिएपछि भर्ती भएको दाजु प्रेम पुनले बताए।
अहिले उनको घरमा बधाई दिने आफन्तको भीड लागेको छ। केहीले फोनबाट त केही घरमै आएर बधाई दिएका छन्। पुनका बाबुआमाको परिवार छोरासँग खुसी साट्न बेलायत जाने तयारीमा छन्। 'बेलायत जान शुक्रवारै भिसा आवेदन गरेको पुनकी बहिनी यामुले बताईन्। 'बुवाआमा खुसीमा बधाई दिन बेलायतनै जान लाग्नु भएको छ,' उनले भनिन्। विजेता पुनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतमै छन्। पुनका बाबुआमा अहिले काठमाडौंमा बस्दै आएका छन्।
copy right from nagarik news 03 june 2011

No comments:
Post a Comment