Monday, June 13, 2011

न्युयोर्कमा रहस्यमय मृत्यु नेपालबाट श्रीमतीले लेखेकी थिइन्- पैसा सबै थोक हैन फर्कनोस्-

नेपालबाट श्रीमतीले लेखेकी थिइन्- पैसा सबै थोक हैन फर्कनोस्-काठमाडौं, जेठ ३० (नागरिक)- डिभी परेर अमेरिका पुगेका ३१ वर्षीय अर्जुन पौडेलको न्युयोर्कमा रहस्यमय मृत्यु भएको छ। किङ्स्टनस्थित एक ग्यास स्टेशनमा काम गर्ने पौडेल शनिबार साँझ बाथरुममा मृत अवस्थामा फेला परेका हुन्। तनहुँको व्यास नगरपालिका-३ रानीगाउँ घर भएका उनको मृत्युको कारण खुल्न सकेको छैन।

सँगै बस्ने गणेश श्रेष्ठ जुन ११ बेलुकी ६ बजेतिर आफ्नो ड्युटी सकाएर कोठा फर्कंदा बाथरुममा अर्जुन लडिरहेको अवस्थामा भेटिएका थिए। उनले बोलाउँदा बेहोस जस्तो देखिएका उनले कुनै जवाफ नफर्काएपछि आफ्नो ग्यास स्टेशनको मालिकलाई फोन गरी प्रहरीलाई बोलाइएको थियो। प्रहरीले नै पहिलो पटक अर्जुनको शरीरलाई छोएको र स्थानीय अस्पताल लगेको अर्जुनका आफन्त बिमल पौडेललाई उदृत गर्दै यूएसनेपाल अनलाइनले जनाएको छ। अर्जुनको पोस्टमोर्टम भइरहे पनि त्यसको अन्तिम रिपोर्ट आइसकेको छैन।

त्रिभुवन विश्वविद्यालयबाट गणितमा एमए गरेका पौडेललाई शिक्षण पेशामा रहँदा तीन वर्षअघि अमेरिकी सरकारको डिभी परेको थियो। डिभी परेपछि अर्जुन शिक्षक र ट्युसन पेशा छाडी अमेरिका लागेका थिए। अमेरिकामा उनले शिक्षण पेशालाई निरन्तरता दिन सकेनन्। एकजना साथी अर्जुनलाई उदृत गर्दै सो अनलाइनले जनाए अनुसार सुरुमा रेष्टुराँमा काम गरेका उनी पछिल्लो समय ग्यास स्टेसनमा कार्यरत थिए।
नेपालबाट श्रीमतीले लेखेकी थिइन्- पैसा सबै थोक हैन फर्कनोस्
उनकी श्रीमती लक्ष्मी पौडेल काठमाडौंमा रहेर अङ्ग्रेजीमा एमए गर्दैछिन्। डिभी भर्दा एक्लै भए पनिअहिलेसम्म उनले श्रीमतीलाई अमेरिका ल्याउने कानुनी प्रक्रिया थालेका थिएनन्। 'दुर्भाग्यको कुरा विगत ३ बर्षमा पनि उनले श्रीमतीको नाम राखेर अमेरिका ल्याउने प्रोसेस गरेका रहेनछन्', अर्जुनका आफन्त बिमल पौडेलले भने।
न्यूयोर्क किङ्स्टन सहरमा रहस्यमय रुपमा मृत भेटिएका अर्जुनलाई श्रीमती लक्ष्मीले नेपाल फर्कन आग्रह गरेको खुलेको छ। मोबाइलको टेक्स मेसेजमा श्रीमती लक्ष्मीले अंग्रेजीमा लेखेको सन्देशको सार सुनाउँदै एकजना प्रत्यक्षदर्शी प्रेम अधिकारीले भने- 'म तिमीलाई धेरै सम्झिराखेको छु। म तिमीलाई माया गर्छु। कृपया घर फर्किनोस्। पैसा सबैथोक हैन। हामी सँगै भयौं भने धन सम्पत्ती फेरि जोड्न सकिन्छ।'

श्रीमतीको सन्देशको जवाफ उनले नफर्काएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

copyright from  nagarik news

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।