चितवन (रत्ननगर), अषाढ २३ - चितवनको नारायणी नदीमाथिको पुलबाट गएराति एक महिला र एक पुरुषले हाम फालेका छन् ।
हाम फालेका मध्ये पुरुष जीवितै फेला परेका छन् । महिलाको अवस्था भने अज्ञात रहेको चितवन प्रहरीले जनाएको छ ।
चितवनको भरतपुरस्थित कृष्णपुर बस्ने २० वर्षीय सुरेन्द्र सिंहले गएराति ९ बजेको समयमा नारायणी पुलबाट नदीमा हाम फालेका थिए । हाम फालेर बाँच्न सफल भएका सिंह पुनः पुलबाट हाम फाल्न लाग्दा पक्राउ गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।
यस्तै नवलपरासी घर भएकी १९ वर्षीया सरिता गहतराज पनि गएराति करिब १२ बजेको समयमा पुलबाट नारायणी नदीमा हाम फालेर बेपत्ता भएकी छन् । उनको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवैजनाले पारिवारिक कारणले हाम फालेको हुनसक्ने अनुमान प्रहरीले गरे पनि कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: २०६८ अषाढ २३ १२:३६kantipur
आफ्नै छोराको हत्या
काँकडभिट्टा, जेष्ठ ३० - झापाको ज्यामिरगढीमा आइतबार साँझ एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । ज्यामिरगढी–२ का २८ वर्षीय लेदी सोरेनले बन्चरो प्रहार गरी आफ्नै छोरा ६ वर्षीय मङ्गल सोरेनको हत्या गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
घरभित्र सुतिरहेका मङ्गललाई साँझ ५:३० बजे बन्चरो प्रहार गरेको अभियुक्त लेदीले स्वीकारेका छन् । अत्यधिक मादक पदार्थसेवन गरेर आएका सोरेनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अभियुक्तलाई नियन्त्रणमा लिएको छ भने शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ । रासस
प्रकाशित मिति: २०६८ जेष्ठ ३० १२:२३ kantipur
तुइन चुँडिँदा ४ को मृत्यु
मुगु, जेष्ठ ३० - बाबियोको डोरीबाट कर्णाली तर्न बनाइएको अस्थायी तुइन चुँडिँदा डोल्फुमा तीन महिलासहित चार जनाको मृत्यु भएको छ । उनीहरू असारभरि बस्ने गरी भाँडाकुँडासहित यार्सागुम्बु टिप्न डोल्फु लेक जान हिँडेका थिए । यार्साको मौसम सुरु भएपछि नदी तर्न उक्त तुइन बनाइएको थियो । तुइनबाट सयौंले कर्णाली पार गरिसकेका छन् । तर शुक्रबार दिउँसो एकै पटकमा चार जनाले नदी तर्न खोज्दा डोरी चुँडिएको स्थानीयलाई उद्धृत गर्दै डोल्फु गाविस सचिव मकर रावलले बताए । घटनास्थल सदरमुकाम गमगढीबाट तीन दिन पैदल टाढा पर्छ । मृत्यु भएकामा डोल्फु-५ का २१ वषर्ीय खेवाङ लामा, ३५ वषर्ीया फुटिक लामा र १५ वर्षीया डाडोल लामा छन् । अर्की एक महिलाको नाम नखुलेको मुगु प्रहरीले बताएको छ । उनीहरू सबैको ढुंगामा पछारिएर घटनास्थलमै मृत्यु भएको गाविस सचिव रावलले बताए । दुर्घटनाबारे बुझ्न छिमेकी पुलु गाविसस्थित चौकीबाट प्रहरी टोली त्यहाँ पुगेको छ ।
प्रकाशित मिति: २०६८ जेष्ठ ३० ०८:४७ कान्तिपुर
No comments:
Post a Comment