Monday, June 13, 2011

भान्जी लिएर बेपत्ता भएपछिप्रधानाध्यापकलाई कारबाही

रमेश खतिवडा, चरिकोट, जेठ ३०- आफ्नै नाता पर्नेसँग दोस्रो बिहे गरेपछि रामेछापको पश्चिमी टोकरपुर गाउँका अभिभावकले स्थानीय एक विद्यालयका प्रधानाध्यापकलाई उक्त पदबाट हटाएका छन्। टोकरपुर गाविसको दाउन्नेमा रहको कालिका प्रावि का प्रअ ३५ वर्षीय तेजबहादुर नगरकोटीले नाताले भान्जी पर्ने स्थानीय सुशीला थापा मगरसँग दोस्रो विवाह गरेको भन्दै प्रधानाध्यापकबाट हटाएका हुन्।

 
उनीहरुले नगरकोटीलाई शिक्षक पदबाट समेत कारबाही गर्न जिल्ला शिक्षा कार्यालयसँग माग गरेका छन्। “एक महिनाअघि भान्जी लिएर बेपत्ता भएपछि कारबाही गरेका हौँ”- विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन खपाङ्गी मगरले टेलिफोनमा जानकारी दिए।

अभिभावकले भेला गरी उनको ठाउँमा सोही विद्यालयका शिक्षिका अम्बिका खड्कालाई प्रअ नियुक्त गरेको मगरले जानकारी दिए। स्थानीय अभिभावकका अनुसार प्रधानाध्यापक नगरकोटीले सोही गाउँ घर भएर गुन्सी गाविसको वडा नं‍. ९ मा रहेको सेतिदेवी प्रस्तावित माविमा कक्षा ८ मा पढ्दै गरेकी सुशीलालाई वैशाख २९ गते भगाएर विवाह गरेका थिए। त्यसपछि उनी सम्पर्कमै नआएको स्थानीय अभिभावक सिद्धबहादुर मगरले जानकारी दिए।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।