महेश्वर चामलिङ राई, उदयपुर, असार २- फेसबुकको माध्यामबाट चिनजान गरेर बिहेसम्म गर्ने आँट कसेर अभिभावक छाडेका युवायवतिको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पूर्वी बजार बेल्टार १ की १८ वर्षीय झुमकुमारी श्रेष्ठ (नाम परिवर्तन) र वीरगन्ज-९ का विशाल मुखिया गाईघाटबाट मंगलबार पक्राउ परेका हुन्।'च्याट गर्दागर्दै मन मिलेर मन्दिरमा बिहे गरेका हौं,' विशाललाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, 'तर, कसैलाई थाहा दिएका छैनौं।' युवतीले भने बिहे गरेको अस्वीकार गरेकी छन्। अभिभावक र सञ्चारकर्मीसँग उनले घुम्न जाऊँ भनेर लिन आएकाले केही दिनका लागि हिँडेको र टाढा घुम्न प्रस्ताव गरेपछि नमानेको उनको भनाइ छ।
युवतीले भरखरै एसएलसी दिएकी हुन्। स्नातक दोस्रो वर्षमा पढेको बताउने युवक मानव बेचविखनमा संलग्न हुनसक्ने आशंका प्रहरीले गरेको छ। उनीबारे वीरगन्ज प्रहरीमा सोधपुछ भइरहेको डिएसपी यादवले बताए। वीरगन्ज पनि मानवबेचविखनको 'ट्रान्जिट' भएकाले युवकबारे यथार्थ विवरण लिन त्यहाँको प्रहरीसँग आग्रह गरिएको उनले जानकारी दिए।
No comments:
Post a Comment