Friday, June 17, 2011

स्कुलको बसमा ढुङ्गा प्रहार वर्ष १० का अर्पण पोखरेल सख्त घाइते

चुमन बस्नेत,(नागरिक) विराटनगर, असार २- विराटनगर-७ शिव मन्दिरअगाडि विद्यालयबाट घर फर्कँदै गरेको सगरमाथा स्कुलको बसमा युवा संघका कार्यकर्ताले ढुङ्गा प्रहार गरी तोडफोड गर्दा बसमा सवार कक्षा ६ मा अध्यनरत वर्ष १० का अर्पण पोखरेल सख्त घाइते भएका छन्।
घाइते पोखरेलको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। ढुङ्गा लाग्दा पोखरेलको देब्रेपट्टीको कन्चटको हड्डी भाँचिएको छ। अस्पतालका अनुसार उनको भाँच्चिएको हड्डी अप्रेसन गरी मिलाउनु पर्नेछ।

इहश्वर खडका

अखिर के नै दोस थियो र यि निर्दोस बालकको ? देशमा बड्दै गएको दण्डहिनताले        
कहिलेसम्म जरो गाड्ने ? सुखको स्वास फेर्ने दिन कहिले अउला ,अाम जनताले?
के प्रजा तन्त्रको नाममा छाडा तन्त्रको बिस्तार भइरहन दिनु कत्तिको  मानबता  
बादि बिषय बन्न सक्ला ? चाहे माले होस या एमाले काङ्ग्रेस होस या माउमादी
लायत जुन दल अगाडि अए पनि सबैको  उद्देश्य सत्ता त रहेछ नि ,जो सत्तामा छ,
त्यसको ब्यक्तिगत जिबन र नाता गोतालाइ भबिष्य निर्माणमा अजिबन राहत पुग्दो
रहेछ अनि सत्ता बाहिर रहनेलाइ डाहा र इर्ष्या । डाहा र इर्ष्याले अबेसमा अएर सर्बसाधारण
 तथा निर्दोस जनताको जिबन सग खेलवाड गर्दै हिड्ने कस्तो निरङ्कुस, सामन्ति भन्दा
चर्को दानबिय प्रथा बन्दै गएको हो यो ? सत्ताको खेल तथा कुर्चिको रोटेशन  कहा पुगेर कहिले
टुङ्गिने अब जनता असाबादि हुने कुनै लक्षण  नै देखिन्नन् अब  होइन  र ?

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।