Friday, June 17, 2011

बिजुलि नचोर्नुस् है टिभि कम्प्युटर डेक तथा सबै इलेक्ट्रोनिक सामान गुम्ला,,,

ताथली (भक्तपुर), अषाढ ३ - विद्युत् प्राधिकरण वितरण केन्द्र भक्तपुरले बिहीबारदेखि बिजुली चोरी गर्ने घरबाट इलेक्ट्रिक सामान जफत गर्न थालेको छ । यसअघि चोरी गरेको भेटाए पोलबाट तार मात्रै निकाल्ने गरेको थियो ।
वितरण केन्द्रले बिहीबार ताथली गाविसको ३ र ४ वडामा अनुगमन गरी विद्युत् चोरी गर्ने घरबाट टेलिभिजन, आइरन, राइसकुकर लगायतका सामान जफत गरेको छ । ताथली-३ को हलल गाउँस्थित शिव थापाको घरमा करिब सय मिटर टाढा खम्बाट बिजुली चोरी गरेको भटिएको प्राधिकरणले जनाएको छ । उनको घर हुँदै अन्य तीनवटा घरमा पनि चोरी गरेको फेला पारेको थियो । त्यस क्रममा थापाको घरमा बस्दै आएका प्रकाश थापाको रंगीन २१ इन्चको टिभी, राइसकुकर प्राधिकरणले जफत गरेको छ ।
त्यस्तै ताथली-४ हलल गाउँकै रामप्रसाद पराजुलीले मिटर नै नराखी खम्बाबाट सीधै चोरी गरेको भेटाएपछि २१ इन्चको रंगीन टेलिभिजन, राइसकुकर र आइरनलगायत अन्य समान जफत गरेको
छ । अनुगमनकै क्रममा कृष्णप्रसाद पराजुलीको घरमा मिटर भए पनि चोरी गरेको भेटाएपछि प्राधिकरणले मिटर निकालेर लाइन छुटाइदिएको छ ।
ताथली-३ र ४ वडाका धेरैजसो घरमा विद्युत् चोरी हुने गरेको स्थानीयवासी रामप्रसाद पराजुलीले बताए । 'मेरो घरमा मात्रै होइन ३ वडामा १० घर जतिले मात्रै मिटर जडान गरेका छन्, अन्य सबैले चोरेर बाल्छन्,' उनले भने- 'मेरो मात्रै टिभी लैजाने होइन सबैको लैजानुपर्‍यो ।'
चोरी गर्ने अन्य घरमा प्रयोग गरिएका इलेक्टि्रक सामान जफत नगरेको भन्दै उनले अनुगमन गर्न कर्मचारीलाई घूस नपाएकाले आपmनो घरबाट मात्रै सामान जफत गरेको आरोप लगाए ।
प्राधिकरणले यसअघिसम्म चेतावनी स्वरूप हुकिङ निकाल्ने गरे पनि दोस्रो चरणमा साम्ाान उठाउन लागेको वितरण केन्द्र भक्तपुरका प्रमुख मदन चापागाईंले बताए । ताथलीमा यसअघि पनि अुनगमन गरेर हुकिङ निकालेको थियो ।
'पहिलो चरणमा हामीले कसैलाई कारबाही पनि गरेनांै, सामान पनि उठाएनौं,' उनले भने, 'आज बिहीबारदेखि सामान उठाउन लागेका छांै, यो क्रम निरन्तर हुन्छ ।' यस्ता घरमा मिटर नराखेसम्म सामान फिर्ता नगर्ने उनले बताए । ताथलीका अधिकांश टोलमा पनि मिटर जडान नै नगरी सीधै हुकिङ गरेर चोरी गरेको भेटिएको उनले बताए । दोस्रो चरणमा सामान उठाए पनि तेस्रो चरणमा चोरी गर्ने घरमूली नै कारबाहीका लागि ल्याउने योजना रहेको चापागाईंले बताए । चोरी गर्ने घरमूली पक्राउ परे जेल सजाय र जरिवानासमेत तिर्नुपर्ने विद्युत् ऐनमा उल्लेख छ ।
स्थानीयवासीका अनुसार ताथली गाविस भवन आसपासमा पनि व्यापक चोरी हुने गरेको छ । 'ताथलीमा दिउँसोभन्दा पनि राति र बिहान बढी बिजुली चोरी हुन्छ, प्राधिकरणका कर्मचारी दिउँसो आउँदा चोरी गरेको भेटाउँदैनन्,' एक स्थानीयले कान्तिपुरसित भने, 'गाईलाई कुँडो पकाउन, खाना पकाउन, खेतमा पानी लगाउन चोरीको बिजुली प्रयोग गर्ने गरेका छन् ।'
खेतमा धान रोप्ने चटारोले अनुगमनको क्रममा ताथलीको गाउँमा पुगेका अधिकांश घरमा ताला लगाएको पाइएको थियो । काँठ क्षेत्रमा आजभोलि खेत रोप्ने चटारो छ । खेतमा पानी लगाउन पनि चोरीको बिजुली प्रयोग गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । टोलीले ताथली-९ मा गंगादेव माकको खेतमा चोरीको बिजुली प्रयोग गरी पानी लगाइरहेको अवस्थामा एउटा पानी तान्ने मोटर, तार र पाइप जफत गरेको छ । वनमाला टोल र ताथली गाविस भवन जाने वैकल्पिक सडकको माथिको तारबाट हुकिङ गरी खेतमा पानी लगेको अवस्थामा प्राधिकरणका कर्मचारीले भेटाएका थिए । जरिवाना तिरेपछि मोटर फिर्ता हुने केन्द्रले जनाएको छ ।
'खेतमा पानी लगाउन चोरीको बिजुली प्रयोग गर्ने गरेको पाइएको छ,' चापागाईंले कान्तिपुरसित भने, 'यो कार्य रोक्न खेत-खेतमा अनुगमन बढाउने र चोरी गरेको पाइए, मोटर र चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाउँछाैं ।'
प्रकाशित मिति: २०६८ अषाढ ३ कान्तिपुर

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।