इश्वरराज ढकाल (काठमाडांै) क्याम्पसको कक्षाकोठाभित्र जताततै रगतका टाटा त्यतिकै देखिन्छन्। बेन्च, टेबुल कामै नलाग्ने गरी भाँचिएका छन्। जताततै झयालका सिसा छरपस्ट छन्।
पुस्तकालय, लेखाशाखा, गोप्य शाखामा रहेका विद्यार्थीका प्रमाणपत्र जताततै छरिएका छन्। सहायक क्याम्पसप्रमुख र कर्मचारीहरूको कार्यकक्ष कामै नलाग्ने गरी क्षतविक्षत भएका छन्। तल्लो तलामा रहेको क्यान्टिनका सामान सबै कामै नलाग्ने गरी बिग्रिएका छन्। यस्तो दृश्यले पुतलीसडकस्थित शंकरदेव क्याम्पसका विद्यार्थी पूर्ण् रूपमा अतालिएका छन्। आŠनो कक्षा प्रवेश गर्नसमेत डराइरहेका छन्।
बिहीबार दिउँसो पुतलीसडकमा विद्यार्थीले सरका
री गाडीमा आगजनी गरेको आरोप लगाउँदै क्याम्पस प्रशासनको सहमतिबेगर क्याम्पसभित्र प्रवेश गरेका प्रहरीले अन्धाधुन्ध लाठी, बुट र अश्रुग्यास प्रहार गर्दा २ सयभन्दा बढी विद्यार्थी र सहायक क्याम्पस प्रमुखसहित एक दर्जनको संख्यामा कर्मचारी घाइते भएका छन्। ँहामी त मर्नबाट बाँचेर आज तपाईंहरूका सामु आएका छौं’, प्रहरीले गरेको दमनको घटना सुनाउँदै सो क्याम्पसका स्ववियु सचिव शुभराम बस्नेतले भन्नुभयो- ँयस्तो बर्बरता त कहिल्यै पनि देखिएको थिएन।’
पर््रदर्शनीमार्गस्थित नगरप्रहरीका नायब उपरीक्षक अशोक सिंह र प्रहरी निरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा आएको प्रहरी टोलीले कक्षामा पढिरहेका विद्यार्थीमाथि घेरा हालेर अन्धाधुन्ध लाठी प्रहार गर्दा सयौं विद्यार्थीको टाउकोमा चोट लागेको छ भने दर्जनौंको हात र खुट्टामा गम्भीर चोट लागेको छ।
ँक्याम्पसभित्र प्रवेश गरेका प्रहरीलाई शिक्षक, कर्मचारी
र अध्ययन गरिरहेका विद्यार्थीमाथि लाठी प्रहार नगर्न आग्रह गर्दा समेत कुट्न छाडेनन्’ -त्रिवि प्राध्यापक संघ शंकरदेव क्याम्पस एकाइ समितिका सभापति अच्युतराज भट्टर्राईले नेपाल समाचारपत्रसँग भन्नुभयो। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्दा क्याम्पसका गोप्य, लेखाशाखा, कक्षाकोठामा व्यापक क्षति भएको छ।
स्ववियु सभापति बस्नेतले प्रहरीले क्याम्पसको लेखाशाखामा रहेको रकम र महिला विद्यार्थीको सिक्री र पर्ससमेत लगेको दाबी गर्नुभयो।
सो घटनाको विरोधमा त्रिवि कर्मचारी संघद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भोजकुमार बस्नेतले विश्वविद्यालयमा प्रहरी हस्तक्षेप गराएर कर्मचारी, प्राध्यापक, विद्यार्थी चिन्दाचिन्दै बर्बर आक्रमण गराउने प्रधानमन्त्री, गृहमन्त्री र सम्बद्ध प्रहरीको पदमा बस्ने नैतिक हैसियत नरहेको दाबी गर्नुभयो।
उहाँले सो घटनाको मुख्य दोषी रहेका डीएसपी सन्तोष सिंह र प्रहरी निरीक्षकलाई बर्खास्त गरिनुपर्ने बताउनुभयो। ँक्याम्पसभित्र भएको घटनाको सम्पूर्ण् जिम्मा सरकारले लिनर्ुपर्छ’, उहाँको भनाइ थियो- ँसबै नष्ट भएका भौतिक सम्पत्तिको निर्माण र घाइतेहरूको पूर्ण् उपचार गर्नुपर्छ।’
सो घटनाको विरोधमा स्ववियुको आयोजनामा नेविसंघनिकट स्ववियु सभापति र एकाइ अध्यक्षहरूको भेलाले भोलि आइतबार डीएसपी सिंह र प्रहरी निरीक्षक राठौरको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णयगरेको छ।
ँसो घटनाका मुख्य दोषी दुइ प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्नेछौं’ -सभापति बस्नेतले भन्नुभयो। स्ववियु र त्रिवि कर्मचारी संघले त्रिविका दर्ुइ पदाधिकारीसँग भेट गरी घटनाको छानबिनको माग गर्ने भएका छन्। यसै गरी उपत्यकाका नेविसंघ एकाइले भोलि नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा दर्ुइ प्रहरीलाई कारबाही र घटनाको छानबिनको माग गर्ने भएका छन्।
बिहीबार पक्राउ गरिएका युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतलाई रिहा गर्नुपर्ने माग गर्दै बिहीबार आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कारबाही गर्ने क्रममा क्याम्पसभित्र प्रवेश गरेका प्रहरीले गरेको अत्याचारको विरोध जनाउँदै नेपाली कांग्रेस, नेपाल प्राध्यापक संघ, पेशागत महासंघ नेपाल, त्रिवि प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल विद्यार्थी परिषद् विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेका छन्।
५ र ६ गते त्रिविका सबै क्याम्पस र कार्यालय बन्द
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले बिहीबार शंकरदेव क्याम्पसमा भएको प्रहरी दमनको विरुद्ध भोलि असार ५ र ६ गते मुलुकभरिका विश्वविद्यालयअर्न्तर्गतका सबै क्याम्पस र कार्यालय बन्दको घोषणा गरेको छ।
संघले शुक्रबार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर शंकरदेव क्याम्पसमा भएको प्रहरी हस्तक्षेप र दमन शाही कालमा भन्दा पनि निर्दयी र तानाशाही प्रवृत्तिको भएको ठहर गर्दै त्यसको विरोधस्वरूप दर्ुइ दिने त्रिवि शैक्षिक हडतालको घोषणा गरेको हो।
अन्य समाचार
नेपाल समचार पत्र बाट

No comments:
Post a Comment